smartcitydaily@gmail.com
Smartcity Daily
e-paper
  • मुख्य समाचार
  • समाचार
  • राजनीति
  • अर्थ
  • खेलकुद
No Result
View All Result
  • मुख्य समाचार
  • समाचार
  • राजनीति
  • अर्थ
  • खेलकुद
No Result
View All Result
Smartcity Daily
No Result
View All Result

देशभर श्रद्धा र उल्लासका साथ सरस्वती पूजा मनाइँदै

by स्मार्ट सिटि दैनिक
३ महिना अगाडि
in समाचार
देशभर श्रद्धा र उल्लासका साथ सरस्वती पूजा मनाइँदै

सुनसरी। आज सरस्वती पूजा अर्थात् श्री पञ्चमी देशभर श्रद्धा र हर्षोल्लासका साथ मनाइँदैछ। ज्ञान, कला र सङ्गीतकी देवी सरस्वतीको उपासना गर्दै विद्यालय, मन्दिर तथा विद्याका केन्द्रहरूमा विशेष पूजा–आराधना भइरहेको छ।

आजको दिन अक्षरारम्भ गर्ने, कलम–कागज, पुस्तक तथा वाद्ययन्त्रजस्ता सिर्जनाका सामग्रीहरूको पूजा गर्ने परम्परा रहेको छ। बालबालिकालाई अध्ययनको बाटोमा प्रवेश गराउने दिनका रूपमा यस पर्वलाई विशेष महत्व दिइन्छ।

धार्मिक विश्वासअनुसार श्री पञ्चमी शुभ दिन भएकाले विवाह, व्रतबन्धलगायत सामाजिक तथा धार्मिक कार्य गर्न साइत हेर्नु नपर्ने मान्यता छ। यस दिन बालबालिकाको नाक र कान छेड्ने चलन पनि रहँदै आएको छ।

काठमाडौं उपत्यकासहित देशभरका सरस्वती मन्दिरहरूमा आज भक्तजनको भीड लागेको छ। उपत्यकाका स्वयम्भू, मैतीदेवी, गैह्रीधारास्थित नीलसरस्वती, ललितपुरको लेलेलगायत विभिन्न स्थानमा बिहानैदेखि पूजा–आराधना भइरहेको छ।

धार्मिक मान्यताअनुसार आजबाट वसन्त ऋतुको सुरुवात हुने विश्वास छ। सरस्वती पूजालाई विद्या, सिर्जना र सकारात्मक सोचको आरम्भका रूपमा लिने गरिन्छ।

 

Tags: देशभरपूजासरस्वती

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

हाम्राे बारे

…

हाम्राे टिम

प्रकाशक : उषा कुमारी /मधु कुमारी (रञ्जना)
सम्पादक : रनिधर कुमार यादव
सह-सम्पादक : स्वस्तिका चौधरी
सम्वाददाता : अर्जुन चौधरी
बजार प्रतिनिधिः पार्वती राजधामी
कानुनी सल्लाहकार : बसन्त सुवेदी, शुखदेव चौधरी
कम्प्युटर ले-आउट : मनिस चौधरी

सम्पर्क

प्रधान कार्यालय : इनरुवा नगरपालिका वडा नं २ सुनसरी
इमेलः
मोवाइल नम्बर : ९८१४३२३२६८ /९८०५३२४२४५/ ९७६९७१६८३२

© SmartCity DailyPvt. Ltd 2025 ।। Website Design By : IT Karkhana

No Result
View All Result
  • मुख्य समाचार
  • समाचार
  • राजनीति
  • अर्थ
  • खेलकुद

© SmartCity DailyPvt. Ltd 2025 ।। Website Design By : IT Karkhana