smartcitydaily@gmail.com
Smartcity Daily
e-paper
  • मुख्य समाचार
  • समाचार
  • राजनीति
  • अर्थ
  • खेलकुद
No Result
View All Result
  • मुख्य समाचार
  • समाचार
  • राजनीति
  • अर्थ
  • खेलकुद
No Result
View All Result
Smartcity Daily
No Result
View All Result

मोबाइल विकिरण फेरि बहसको केन्द्रमा वैज्ञानिक सहमति र राजनीतिक चिन्ताबीच ५जी विवाद

by स्मार्ट सिटि दैनिक
३ महिना अगाडि
in समाचार
मोबाइल विकिरण फेरि बहसको केन्द्रमा  वैज्ञानिक सहमति र राजनीतिक चिन्ताबीच ५जी विवाद

सुनसरी — लामो समयदेखि इन्टरनेटका सीमित घेराभित्र मात्र देखिने मोबाइल फोनको विकिरणसम्बन्धी डर यसपटक अमेरिकी संघीय सरकारको उच्च तहसम्म पुगेको छ। अमेरिकी स्वास्थ्यमन्त्री रोबर्ट एफ. केनेडी जुनियरले सार्वजनिक रूपमा फाइभजी टावर र मोबाइल फोनबाट निस्कने विकिरणले गम्भीर स्वास्थ्य जोखिम निम्त्याउन सक्ने चेतावनी दिएपछि यो विषय फेरि अन्तर्राष्ट्रिय बहसको केन्द्रमा आएको हो।

केनेडी जुनियरका अनुसार इलेक्ट्रोम्याग्नेटिक विकिरणले क्यान्सर, ट्युमर तथा डीएनए क्षतिसम्म गराउन सक्ने सम्भावना छ। अमेरिकी स्वास्थ्य मन्त्रालयले मोबाइल विकिरणसम्बन्धी नयाँ अध्ययन सुरु गरेको समयमै आएको उनको यो अभिव्यक्तिले वैज्ञानिक समुदाय र नीतिनिर्माताबीच फरक–फरक प्रतिक्रिया जन्माएको छ।

यूएसए टुडेसँगको अन्तर्वार्तामा केनेडी जुनियरले आफ्नो चिन्ता “अफवाह वा डरमा आधारित नभएको” दाबी गरे। उनका शब्दमा, “विद्युत्–चुम्बकीय विकिरण आफैंमा एक गम्भीर सार्वजनिक स्वास्थ्य विषय हो।” विशेषगरी फाइभजी टावरहरूको सन्दर्भमा आफू अत्यन्तै चिन्तित रहेको उनले स्पष्ट पारे।

युएसए टुडेको ‘एक्स्ट्रीम्ली नर्मल’ शृङ्खलामा बोल्दै उनले मोबाइल विकिरणका हानिकारक असर देखाउने १० हजारभन्दा बढी अध्ययन रहेको दाबीसमेत गरे। ती अध्ययनहरूले क्यान्सर, ट्युमर वृद्धि र डीएनए क्षतिसँग विकिरणको सम्बन्ध देखाउने उनको भनाइ छ।

तर वैज्ञानिक धारणा भने त्यति एकरूप छैन। विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) ले २०२४ सेप्टेम्बरमा प्रकाशित गरेको एक व्यापक समीक्षाले मोबाइल फोनको प्रयोग र मस्तिष्क क्यान्सरबीच कुनै प्रत्यक्ष सम्बन्ध फेला नपरेको निष्कर्ष निकालेको थियो। नौ देशका विज्ञहरूले १९९४ देखि २०२२ सम्म गरिएका ६३ अध्ययनको विश्लेषण गरेर यस्तो निष्कर्ष निकालेका हुन्।

यसअघि सन् २०११ मा डब्लुएचओ अन्तर्गतको अन्तर्राष्ट्रिय क्यान्सर अनुसन्धान एजेन्सीले रेडियोफ्रिक्वेन्सी तरंगलाई ‘मानिसका लागि सम्भवतः क्यान्सरजन्य’ वर्गमा राखेको थियो। तर त्यो वर्गीकरणले कारण–प्रभावको प्रत्यक्ष सम्बन्ध पुष्टि गरेको थिएन। रोचक रूपमा, त्यही श्रेणीमा अचार, केही तरकारी र कफीसमेत परेका थिए।

प्रयोगशालामा मुसाहरूमा गरिएका केही अध्ययनले रेडियोफ्रिक्वेन्सी विकिरण र क्यान्सरबीच सम्भावित सम्बन्ध देखाए पनि ती नतिजा मानिसमा सिधै लागू गर्न नसकिने वैज्ञानिकहरूको भनाइ छ।

यसैबीच, ‘मेक अमेरिका हेल्दी अगेन’ अभियानअन्तर्गत अमेरिकाका २२ राज्यका विद्यालयमा मोबाइल फोन प्रतिबन्ध लगाइएको छ। तर यी नीति बालबालिकालाई विकिरणबाट जोगाउने उद्देश्यले होइन, सामाजिक सञ्जालको लत, साइबरबुलिङ र निरन्तर अनलाइन रहने बानीले मानसिक स्वास्थ्यमा पार्ने असर कम गर्न लागू गरिएको अधिकारीहरू बताउँछन्।

हालसम्म मोबाइल फोनको विकिरणलाई क्यान्सरसँग जोड्ने ठोस प्रमाण नभएकोमा वैज्ञानिक सहमति देखिन्छ। तर नयाँ अध्ययन, राजनीतिक अभिव्यक्ति र बदलिँदो सरकारी दृष्टिकोणका कारण यो विषय फेरि विश्वव्यापी बहसको केन्द्रमा पुगेको छ।

 

Tags: चिन्ताबहसमोबाइल५जी

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

हाम्राे बारे

…

हाम्राे टिम

प्रकाशक : उषा कुमारी /मधु कुमारी (रञ्जना)
सम्पादक : रनिधर कुमार यादव
सह-सम्पादक : स्वस्तिका चौधरी
सम्वाददाता : अर्जुन चौधरी
बजार प्रतिनिधिः पार्वती राजधामी
कानुनी सल्लाहकार : बसन्त सुवेदी, शुखदेव चौधरी
कम्प्युटर ले-आउट : मनिस चौधरी

सम्पर्क

प्रधान कार्यालय : इनरुवा नगरपालिका वडा नं २ सुनसरी
इमेलः
मोवाइल नम्बर : ९८१४३२३२६८ /९८०५३२४२४५/ ९७६९७१६८३२

© SmartCity DailyPvt. Ltd 2025 ।। Website Design By : IT Karkhana

No Result
View All Result
  • मुख्य समाचार
  • समाचार
  • राजनीति
  • अर्थ
  • खेलकुद

© SmartCity DailyPvt. Ltd 2025 ।। Website Design By : IT Karkhana