smartcitydaily@gmail.com
Smartcity Daily
e-paper
  • मुख्य समाचार
  • समाचार
  • राजनीति
  • अर्थ
  • खेलकुद
No Result
View All Result
  • मुख्य समाचार
  • समाचार
  • राजनीति
  • अर्थ
  • खेलकुद
No Result
View All Result
Smartcity Daily
No Result
View All Result

 काँकरभिट्टा नाकाबाट आयात वृद्धि, निर्यातमा भने गिरावट

by स्मार्ट सिटि दैनिक
५ महिना अगाडि
in अर्थ, समाचार
 काँकरभिट्टा नाकाबाट आयात वृद्धि, निर्यातमा भने गिरावट

झापा — चालु आर्थिक वर्ष २०८२/८३ को पहिलो चौमासिकमा काँकरभिट्टा नाकाबाट आयात रकम उल्लेखनीय रूपमा बढेको छ। मेची भन्सार कार्यालयका सूचना अधिकारी ईश्वरकुमार हुमागाईंका अनुसार चार महिनामा कुल रु १६ अर्ब २ करोड ५ लाख बराबरका सामान नेपाल भित्रिएको छ।

गत वर्ष यही अवधिमा आयात मूल्य रु १४ अर्ब २८ करोड ८७ लाख थियो, जसको तुलना गर्दा यस वर्ष आयातमा उल्लेख्य वृद्धि भएको देखिन्छ।

तर, निर्यात भने उल्टै घटेको छ। चालु वर्षको पहिलो चौमासिकमा काँकरभिट्टाबाट रु ७ अर्ब ९६ करोड ७ लाख बराबरका सामग्री मात्र बाहिरिएको छ। गत वर्ष सोही अवधिमा निर्यात रु ८ अर्ब ३० करोड २७ लाख थियो।

काँकरभिट्टा नाकाबाट पर्ने प्रमुख निर्यात वस्तुहरूमा अलैँची, चिया, प्लाइउड, भेनिउर सिट, छुर्पी, अम्रिसो, अदुवा, सुठो, मुसुरो तथा फलामे पातालगायतका सामग्री पर्छन्।

यसैबीच मेची भन्सार कार्यालयले चालु आवको पहिलो चार महिनामा आयात–निर्यात कारोबारबाट रु ५ अर्ब ४६ करोड १ लाख ९८ हजार राजस्व संकलन गरेको जनाएको छ।

 

Tags: आयात वृद्धिकाँकरभिट्टा नाकाबाटगिरावट

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

हाम्राे बारे

…

हाम्राे टिम

प्रकाशक : उषा कुमारी /मधु कुमारी (रञ्जना)
सम्पादक : रनिधर कुमार यादव
सह-सम्पादक : स्वस्तिका चौधरी
सम्वाददाता : अर्जुन चौधरी
बजार प्रतिनिधिः पार्वती राजधामी
कानुनी सल्लाहकार : बसन्त सुवेदी, शुखदेव चौधरी
कम्प्युटर ले-आउट : मनिस चौधरी

सम्पर्क

प्रधान कार्यालय : इनरुवा नगरपालिका वडा नं २ सुनसरी
इमेलः
मोवाइल नम्बर : ९८१४३२३२६८ /९८०५३२४२४५/ ९७६९७१६८३२

© SmartCity DailyPvt. Ltd 2025 ।। Website Design By : IT Karkhana

No Result
View All Result
  • मुख्य समाचार
  • समाचार
  • राजनीति
  • अर्थ
  • खेलकुद

© SmartCity DailyPvt. Ltd 2025 ।। Website Design By : IT Karkhana