smartcitydaily@gmail.com
Smartcity Daily
e-paper
  • मुख्य समाचार
  • समाचार
  • राजनीति
  • अर्थ
  • खेलकुद
No Result
View All Result
  • मुख्य समाचार
  • समाचार
  • राजनीति
  • अर्थ
  • खेलकुद
No Result
View All Result
Smartcity Daily
No Result
View All Result

बैंककस्थित नेपाली दूतावासले कन्सुलर र राहदानी सेवामा शुल्क घटायो

by स्मार्ट सिटि दैनिक
४ महिना अगाडि
in समाचार
बैंककस्थित नेपाली दूतावासले कन्सुलर र राहदानी सेवामा शुल्क घटायो

सुनसरी-  थाइल्याण्डको बैंककस्थित नेपाली दूतावासले विभिन्न कन्सुलर र राहदानी सेवामा लाग्ने शुल्कमा समायोजन गरेको छ। दूतावासले जनाएको छ कि नयाँ शुल्क स्थानीय मुद्रा थाई भाटमा विनिमय दरको परिवर्तनअनुसार निर्धारण गरिएको हो र यो २०८२ पुस १७ गतेदेखि लागू हुनेछ।

नयाँ दरअनुसार, ३४ पृष्ठको साधारण राहदानीको शुल्क ३,२०० भाटबाट २,६०० भाट र ६६ पृष्ठको साधारण राहदानी ५,२०० भाटबाट ४,२०० भाटमा घटाइएको छ। हराएको वा नष्ट भएको राहदानीका लागि शुल्क ४,८०० भाटबाट ३,९०० भाट कायम गरिएको छ भने १० वर्षभन्दा कम उमेरका नाबालकका लागि शुल्क १,६०० भाटबाट १,३०० भाट तोकिएको छ।

कन्सुलर सेवामा पनि शुल्कमा कटौती गरिएको छ। विभिन्न कागजात प्रमाणीकरण, मञ्जुरीनामा, रोजगार/सेवा सम्झौता, विवाह दर्ता, शैक्षिक प्रमाणपत्र, नाता प्रमाणन, नागरिकता तथा जन्म–मृत्यु दर्ताजस्ता सेवाको शुल्क १,६०० भाटबाट १,३०० भाट कायम गरिएको छ। अन्य प्रमाणपत्रहरू जस्तै बैंक/वित्तीय कागजात, प्रहरी रिपोर्ट, चिकित्सकको प्रमाणपत्र, उत्पत्तिको प्रमाणपत्रको शुल्क २,००० भाटबाट १,६०० भाटमा घटाइएको छ।

गैरआवासीय नेपाली परिचयपत्रसम्बन्धी शुल्क पनि समायोजन गरिएको छ। दर्ता निवेदनको शुल्क ८०० भाटबाट ६५० भाट, नेपाली मूलका विदेशी नागरिकको परिचयपत्र १०,००० भाटबाट ८,००० भाट र विदेशमा बस्ने नेपाली नागरिकको परिचयपत्र २,००० भाटबाट १,६०० भाट कायम गरिएको छ।

दूतावासले सेवा लिन आउने सबै सेवाग्राहीलाई नयाँ शुल्कअनुसार राजस्व बुझाउन अनुरोध गरेको छ।

 

Tags: घटायोराहदानीशुल्क

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

हाम्राे बारे

…

हाम्राे टिम

प्रकाशक : उषा कुमारी /मधु कुमारी (रञ्जना)
सम्पादक : रनिधर कुमार यादव
सह-सम्पादक : स्वस्तिका चौधरी
सम्वाददाता : अर्जुन चौधरी
बजार प्रतिनिधिः पार्वती राजधामी
कानुनी सल्लाहकार : बसन्त सुवेदी, शुखदेव चौधरी
कम्प्युटर ले-आउट : मनिस चौधरी

सम्पर्क

प्रधान कार्यालय : इनरुवा नगरपालिका वडा नं २ सुनसरी
इमेलः
मोवाइल नम्बर : ९८१४३२३२६८ /९८०५३२४२४५/ ९७६९७१६८३२

© SmartCity DailyPvt. Ltd 2025 ।। Website Design By : IT Karkhana

No Result
View All Result
  • मुख्य समाचार
  • समाचार
  • राजनीति
  • अर्थ
  • खेलकुद

© SmartCity DailyPvt. Ltd 2025 ।। Website Design By : IT Karkhana