smartcitydaily@gmail.com
Smartcity Daily
e-paper
  • मुख्य समाचार
  • समाचार
  • राजनीति
  • अर्थ
  • खेलकुद
No Result
View All Result
  • मुख्य समाचार
  • समाचार
  • राजनीति
  • अर्थ
  • खेलकुद
No Result
View All Result
Smartcity Daily
No Result
View All Result

अपाङ्गता अधिकार दिवसमा प्रधानमन्त्री कार्कीको प्रतिवद्धता : “सहज पहुँच र सम्मानजनक वातावरण सरकारको प्राथमिकता”

by स्मार्ट सिटि दैनिक
५ महिना अगाडि
in समाचार
अपाङ्गता अधिकार दिवसमा प्रधानमन्त्री कार्कीको प्रतिवद्धता : “सहज पहुँच र सम्मानजनक वातावरण सरकारको प्राथमिकता”

काठमाडौं । अपाङ्गता भएका व्यक्तिहरूको अन्तर्राष्ट्रिय दिवस (डिसेम्बर ३) को अवसरमा प्रधानमन्त्री सुशीला कार्कीले देशभरका अपाङ्गता भएका नागरिक, परिवारजन तथा सम्बन्धित क्षेत्रमा क्रियाशील संस्थाहरूमाथि शुभकामना व्यक्त गर्दै समावेशी समाज निर्माणमा सबैको साझा सहयोग आवश्यक रहेको बताइन्।

प्रधानमन्त्री कार्कीका अनुसार नेपालको संविधानदेखि अन्तर्राष्ट्रिय सन्धि–महासन्धि र विद्यमान कानुनसम्मले अपाङ्गता भएका व्यक्तिका आर्थिक, सामाजिक, सांस्कृतिक र राजनीतिक अधिकारलाई मजबुत आधार प्रदान गरेका छन्। उनले सेवासुविधामा प्राथमिकता दिने राज्य नीतिले अपाङ्गता भएका व्यक्तिको आत्मसम्मानसहितको जीवनयापन सुनिश्चित गर्न सहयोग पुर्‍याइरहेको उल्लेख गरिन्।

शिक्षा, स्वास्थ्य, रोजगारी, सामाजिक सुरक्षा र पुनःस्थापनामा सहज पहुँच विस्तार गर्न सरकार निरन्तर काम गरिरहेको जानकारी दिँदै कार्कीले दिगो विकास लक्ष्य हासिल गर्न अपाङ्गता भएका व्यक्तिको नेतृत्व र सक्रिय सहभागिता अपरिहार्य हुने स्पष्ट गरिन्।

उनका अनुसार अपाङ्गता भएका व्यक्तिले भोगिरहेका भौतिक, संचार, दृष्टिकोणजन्य तथा कानुनी अवरोध हटाउन संघ, प्रदेश र स्थानीय तहबीच समन्वित प्रयास आवश्यक छ। “सहज र सम्मानजनक वातावरण निर्माण गर्नु तीनै तहको सरकारको साझा जिम्मेवारी हो,” प्रधानमन्त्री कार्कीले भनिन्।

 

 

 

Tags: अपाङ्गता अधिकारकार्कीकोप्रतिवद्धता

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

हाम्राे बारे

…

हाम्राे टिम

प्रकाशक : उषा कुमारी /मधु कुमारी (रञ्जना)
सम्पादक : रनिधर कुमार यादव
सह-सम्पादक : स्वस्तिका चौधरी
सम्वाददाता : अर्जुन चौधरी
बजार प्रतिनिधिः पार्वती राजधामी
कानुनी सल्लाहकार : बसन्त सुवेदी, शुखदेव चौधरी
कम्प्युटर ले-आउट : मनिस चौधरी

सम्पर्क

प्रधान कार्यालय : इनरुवा नगरपालिका वडा नं २ सुनसरी
इमेलः
मोवाइल नम्बर : ९८१४३२३२६८ /९८०५३२४२४५/ ९७६९७१६८३२

© SmartCity DailyPvt. Ltd 2025 ।। Website Design By : IT Karkhana

No Result
View All Result
  • मुख्य समाचार
  • समाचार
  • राजनीति
  • अर्थ
  • खेलकुद

© SmartCity DailyPvt. Ltd 2025 ।। Website Design By : IT Karkhana