smartcitydaily@gmail.com
Smartcity Daily
e-paper
  • मुख्य समाचार
  • समाचार
  • राजनीति
  • अर्थ
  • खेलकुद
No Result
View All Result
  • मुख्य समाचार
  • समाचार
  • राजनीति
  • अर्थ
  • खेलकुद
No Result
View All Result
Smartcity Daily
No Result
View All Result

कोशी प्रदेश प्रहरी प्रमुख घिमिरेको पदभार ग्रहण, ‘प्रहरी कहिल्यै पछाडि हट्दैन’

by स्मार्ट सिटि दैनिक
५ महिना अगाडि
in समाचार
कोशी प्रदेश प्रहरी प्रमुख घिमिरेको पदभार ग्रहण, ‘प्रहरी कहिल्यै पछाडि हट्दैन’

विराटनगर । कोशी प्रदेश प्रहरी प्रमुखका रूपमा प्रहरी नायव महानिरीक्षक (डिआइजी) विनोद घिमिरेले औपचारिक रूपमा पदभार सम्हालेका छन्। गृह मन्त्रालयको मंसिर ८ गतेको निर्णयअनुसार कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरमा सरुवा भएका घिमिरेले नयाँ जिम्मेवारीसँगै संगठनलाई परिणाममुखी र प्रविधिमैत्री बनाउने प्रतिवद्धता व्यक्त गरेका छन्।

पदभार ग्रहणपछि कार्यालयको सभाहलमा आयोजित विशेष कार्यक्रममा उनले भर्चुअलमार्फत जिल्ला प्रहरी प्रमुख र मुद्दा चल्ने इकाई प्रमुखहरूलाई निर्देशन दिँदै बदलिँदो समय र प्रविधिसँग तालमेल मिलाउँदै काम गर्न आग्रह गरे।
“जस्तोसुकै विषम परिस्थिति आए पनि प्रहरी कहिल्यै पछाडि हट्दैन,” भन्दै उनले अपराध नियन्त्रण, शान्ति–सुरक्षा र जनविश्वास मजबुत बनाउने लक्ष्य प्रस्तुत गरे।

डिआइजी घिमिरेले संगठनभित्र उत्कृष्ट काम गर्ने प्रहरीलाई तत्काल पुरस्कृत गर्ने र गैरकानुनी गतिविधिमा संलग्न जो–कोहीलाई कडा कारबाही हुने चेतावनी पनि दिए। कानून कार्यान्वयन, समन्वय, भातृत्व र सामूहिकतामार्फत प्रदेश प्रहरीलाई थप सक्षम बनाइने उनको भनाइ थियो।

घिमिरेको नेतृत्वपछि कोशी प्रदेश प्रहरी ‘गतिशील, अनुशासित र आक्रामक मोड’मा काम गर्ने अपेक्षा गरिएको छ।

 

Tags: घिमिरेकोपदभार ग्रहणप्रदेश प्रहरी

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

हाम्राे बारे

…

हाम्राे टिम

प्रकाशक : उषा कुमारी /मधु कुमारी (रञ्जना)
सम्पादक : रनिधर कुमार यादव
सह-सम्पादक : स्वस्तिका चौधरी
सम्वाददाता : अर्जुन चौधरी
बजार प्रतिनिधिः पार्वती राजधामी
कानुनी सल्लाहकार : बसन्त सुवेदी, शुखदेव चौधरी
कम्प्युटर ले-आउट : मनिस चौधरी

सम्पर्क

प्रधान कार्यालय : इनरुवा नगरपालिका वडा नं २ सुनसरी
इमेलः
मोवाइल नम्बर : ९८१४३२३२६८ /९८०५३२४२४५/ ९७६९७१६८३२

© SmartCity DailyPvt. Ltd 2025 ।। Website Design By : IT Karkhana

No Result
View All Result
  • मुख्य समाचार
  • समाचार
  • राजनीति
  • अर्थ
  • खेलकुद

© SmartCity DailyPvt. Ltd 2025 ।। Website Design By : IT Karkhana