smartcitydaily@gmail.com
Smartcity Daily
e-paper
  • मुख्य समाचार
  • समाचार
  • राजनीति
  • अर्थ
  • खेलकुद
No Result
View All Result
  • मुख्य समाचार
  • समाचार
  • राजनीति
  • अर्थ
  • खेलकुद
No Result
View All Result
Smartcity Daily
No Result
View All Result

 जेन–जी आन्दोलनको पृष्ठभूमिमा काठमाडौं महानगरीय प्रहरी कार्यालयबाट लुटिएका दुई थान पेस्तोल झापामा बरामद,तीन जना पक्राउ

by स्मार्ट सिटि दैनिक
५ महिना अगाडि
in समाचार
 जेन–जी आन्दोलनको पृष्ठभूमिमा काठमाडौं महानगरीय प्रहरी कार्यालयबाट लुटिएका दुई थान पेस्तोल झापामा बरामद,तीन जना पक्राउ

सुनसरी- झापाको दमकबाट प्रहरीले लुटिएको अवस्थामा हराइरहेका दुई थान पेस्तोलसहित तीन जनालाई पक्राउ गरेको छ। जेन–जी प्रदर्शनको समयमा महानगरीय प्रहरी कार्यालय काठमाडौंबाट हराएका ती पेस्तोल झापामा लुकाइ–छिपाइ राखिएको अवस्थामा फेला परेको प्रहरीको दावी छ।

लागुऔषध नियन्त्रण ब्युरो शाखा कार्यालय काँकरभिट्टाका प्रहरी नायव निरीक्षक कुमार सोमेस लामिछानेको नेतृत्वमा खटिएको टोलीले दमक–८ मा डेरा गरिरहेका २६ वर्षीय सरोज पुरीलाई पहिलो चरणमा नियन्त्रणमा लिएको थियो। पुरीलाई कोठा बाहिर हिँडिरहेको अवस्थामा पक्राउ गरिएको थियो।

तलासीका क्रममा उनको साथबाट टाइप–५४ चाइनिज पेस्तोल एक थान र १५ राउण्ड गोली बरामद भएको ब्युरोको भनाइ छ। प्रारम्भिक बयानमा पुरीले अर्को पेस्तोल दमक–६ प्रशान्तिटोलका २९ वर्षीय विश्व लिङ्देनकहाँ रहेको बताएको प्रहरीले जनाएको छ।

त्यसैका आधारमा प्रहरीले लिङ्देनलाई घरमै पुगेर पक्राउ गर्‍यो। सोधपुछमा उनले उक्त पेस्तोल इलाम चुलाचुली–४ का ३० वर्षीय पवन हाङसुङ्वालाई २० हजार रुपैयाँमा बिक्री गरेको स्वीकारेका थिए।

संयुक्त प्रहरी टोली हाङसुङ्वाको बारी पुग्दा ठूलो खाल्डो खनेर रातो प्लास्टिकको झोलाभित्र अर्को टाइप–५४ पेस्तोल र ५ राउण्ड गोली लोड भएको अवस्थामा फेला परेको प्रहरीको भनाइ छ। बरामद पेस्तोलमा खिया समेत लागेको बताइएको छ।

तीनै जना अभियुक्तलाई पेस्तोल र २० राउण्ड गोलीसहित थप आवश्यक कारबाहीका लागि काठमाडौँ पठाइएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ।

 

Tags: पेस्तोलबरामदलुटिएका दुई थान

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

हाम्राे बारे

…

हाम्राे टिम

प्रकाशक : उषा कुमारी /मधु कुमारी (रञ्जना)
सम्पादक : रनिधर कुमार यादव
सह-सम्पादक : स्वस्तिका चौधरी
सम्वाददाता : अर्जुन चौधरी
बजार प्रतिनिधिः पार्वती राजधामी
कानुनी सल्लाहकार : बसन्त सुवेदी, शुखदेव चौधरी
कम्प्युटर ले-आउट : मनिस चौधरी

सम्पर्क

प्रधान कार्यालय : इनरुवा नगरपालिका वडा नं २ सुनसरी
इमेलः
मोवाइल नम्बर : ९८१४३२३२६८ /९८०५३२४२४५/ ९७६९७१६८३२

© SmartCity DailyPvt. Ltd 2025 ।। Website Design By : IT Karkhana

No Result
View All Result
  • मुख्य समाचार
  • समाचार
  • राजनीति
  • अर्थ
  • खेलकुद

© SmartCity DailyPvt. Ltd 2025 ।। Website Design By : IT Karkhana