smartcitydaily@gmail.com
Smartcity Daily
e-paper
  • मुख्य समाचार
  • समाचार
  • राजनीति
  • अर्थ
  • खेलकुद
No Result
View All Result
  • मुख्य समाचार
  • समाचार
  • राजनीति
  • अर्थ
  • खेलकुद
No Result
View All Result
Smartcity Daily
No Result
View All Result

 सुनसरीको बर्जु–५ बाट २ सय ५७ किलो गाँजा बरामद, चालक फरार

by स्मार्ट सिटि दैनिक
५ महिना अगाडि
in समाचार
 सुनसरीको बर्जु–५ बाट २ सय ५७ किलो गाँजा बरामद, चालक फरार

(सुनसरी) । सुनसरीको बर्जु गाउँपालिका–५ स्थित भित्री सडकखण्डबाट प्रहरीले ठूलो परिमाणमा लागुऔषध गाँजा बरामद गरेको छ। प्रहरीले करिब २ सय ५७ किलो ४५ ग्राम गाँजा बरामद गरेको हो।

जिल्ला प्रहरी कार्यालय सुनसरीका अनुसार कार्तिक २१ गते राति करिब ८ बजे दुहवी र सितागंज प्रहरीको संयुक्त टोलीले सो कारबाही गरेको हो। बागमती प्रदेश–०१–०२७ च ०२४० नम्बरको स्कार्पियो गाडी चेकजाँच गर्ने क्रममा गाडीभित्र लुकाइराखिएको अवस्थामा गाँजा फेला परेको प्रहरीले जनाएको छ।

प्रहरीका अनुसार कारवाहीका क्रममा गाडी चालक भने फरार रहेका छन्। प्रहरी टोलीले तत्काल गाँजा नियन्त्रणमा लिएर आवश्यक अनुसन्धान अघि बढाएको छ।

फरार चालकको खोजतलास जारी रहेको र सो घटनामा संलग्न अन्य व्यक्तिहरूको समेत खोजी भइरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।

प्रहरीले हालैको अवधिमा सुनसरी र आसपासका क्षेत्रमा लागुऔषध ओसारपसारमा वृद्धि भइरहेको भन्दै निगरानी र कारवाही अझ कडाइका साथ अघि बढाइने जनाएको छ।

 

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

हाम्राे बारे

…

हाम्राे टिम

प्रकाशक : उषा कुमारी /मधु कुमारी (रञ्जना)
सम्पादक : रनिधर कुमार यादव
सह-सम्पादक : स्वस्तिका चौधरी
सम्वाददाता : अर्जुन चौधरी
बजार प्रतिनिधिः पार्वती राजधामी
कानुनी सल्लाहकार : बसन्त सुवेदी, शुखदेव चौधरी
कम्प्युटर ले-आउट : मनिस चौधरी

सम्पर्क

प्रधान कार्यालय : इनरुवा नगरपालिका वडा नं २ सुनसरी
इमेलः
मोवाइल नम्बर : ९८१४३२३२६८ /९८०५३२४२४५/ ९७६९७१६८३२

© SmartCity DailyPvt. Ltd 2025 ।। Website Design By : IT Karkhana

No Result
View All Result
  • मुख्य समाचार
  • समाचार
  • राजनीति
  • अर्थ
  • खेलकुद

© SmartCity DailyPvt. Ltd 2025 ।। Website Design By : IT Karkhana