smartcitydaily@gmail.com
Smartcity Daily
e-paper
  • मुख्य समाचार
  • समाचार
  • राजनीति
  • अर्थ
  • खेलकुद
No Result
View All Result
  • मुख्य समाचार
  • समाचार
  • राजनीति
  • अर्थ
  • खेलकुद
No Result
View All Result
Smartcity Daily
No Result
View All Result

मोरङमा पारिवारिक विवादले भयावह मोड लिँदा दुई जनाको मृत्यु

by स्मार्ट सिटि दैनिक
२ महिना अगाडि
in समाचार
मोरङमा पारिवारिक विवादले भयावह मोड लिँदा दुई जनाको मृत्यु

सुनसरी-  मोरङको रंगेली नगरपालिका–५ मा पारिवारिक विवादले भयावह रूप लिँदा एक दम्पतीको ज्यान गएको छ। रंगेली–५ बहुवनका अन्दाजी २१ वर्षीय मुकेशकुमार मण्डलले ससुराली घरमै पत्नीको हत्या गरेपछि आफैंले पनि आत्महत्या गरेका छन्।

इलाका प्रहरी कार्यालय रंगेलीका अनुसार मुकेश सोमबार साँझ धनपट्टीस्थित ससुराली पुगेका थिए। प्रारम्भिक अनुसन्धानमा घरेलु विवाद चर्किँदै जाँदा कुटपिट भएको र त्यसक्रममा मुकेशले चक्कु प्रहार गर्दा उनकी पत्नी अन्दाजी २१ वर्षीया अम्बिकाकुमारी मण्डलको घटनास्थलमै मृत्यु भएको खुलेको छ।

पत्नीको मृत्यु भएपछि मुकेशले सोही चक्कु प्रयोग गरी आत्महत्या गरेको प्रहरीको भनाइ छ।

इलाका प्रहरी कार्यालय रंगेलीका डीएसपी लीलाराज लामिछानेले घटनास्थलमा प्रहरी टोली पुगेर मुचुल्का उठाउनेलगायत कानुनी प्रक्रिया अगाडि बढाइएको जानकारी दिए। घटनाको वास्तविक कारण, पृष्ठभूमि र अन्य पक्षबारे थप अनुसन्धान भइरहेको र विस्तृत विवरण अनुसन्धानपछि सार्वजनिक गरिने प्रहरीले जनाएको छ।

 

Tags: मृत्युमोरङविवाद

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

हाम्राे बारे

…

हाम्राे टिम

प्रकाशक : उषा कुमारी /मधु कुमारी (रञ्जना)
सम्पादक : रनिधर कुमार यादव
सह-सम्पादक : स्वस्तिका चौधरी
सम्वाददाता : अर्जुन चौधरी
बजार प्रतिनिधिः पार्वती राजधामी
कानुनी सल्लाहकार : बसन्त सुवेदी, शुखदेव चौधरी
कम्प्युटर ले-आउट : मनिस चौधरी

सम्पर्क

प्रधान कार्यालय : इनरुवा नगरपालिका वडा नं २ सुनसरी
इमेलः
मोवाइल नम्बर : ९८१४३२३२६८ /९८०५३२४२४५/ ९७६९७१६८३२

© SmartCity DailyPvt. Ltd 2025 ।। Website Design By : IT Karkhana

No Result
View All Result
  • मुख्य समाचार
  • समाचार
  • राजनीति
  • अर्थ
  • खेलकुद

© SmartCity DailyPvt. Ltd 2025 ।। Website Design By : IT Karkhana