smartcitydaily@gmail.com
Smartcity Daily
e-paper
  • मुख्य समाचार
  • समाचार
  • राजनीति
  • अर्थ
  • खेलकुद
No Result
View All Result
  • मुख्य समाचार
  • समाचार
  • राजनीति
  • अर्थ
  • खेलकुद
No Result
View All Result
Smartcity Daily
No Result
View All Result

कांग्रेसका निर्वाचन केन्द्रित तीन समिति अझै अपूर्ण, आन्तरिक सहमतिमा सकस

by स्मार्ट सिटि दैनिक
३ महिना अगाडि
in राजनीति
कांग्रेसका निर्वाचन केन्द्रित तीन समिति अझै अपूर्ण, आन्तरिक सहमतिमा सकस

सुनसरी। फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनको तयारीका लागि नेपाली कांग्रेसले गठन गरेका तीन प्रमुख समिति अझै पूर्ण हुन सकेका छैनन् । निर्वाचन नजिकिँदै जाँदा पनि घोषणापत्र तयारी, निर्वाचन परिचालन तथा प्रचार–प्रसार समिति अपूर्ण रहँदा पार्टीको तयारीप्रति प्रश्न उठ्न थालेको छ ।

कांग्रेसले घोषणापत्र तयारी समितिको संयोजकमा सभापति गगन थापा, निर्वाचन परिचालन समितिको संयोजकमा उपसभापति विश्वप्रकाश शर्मा र प्रचार–प्रसार समितिको संयोजकमा प्रवक्ता देवराज चालिसेलाई तोकेको छ । तर ती समितिमा सदस्य चयन नहुँदा औपचारिक रूपमा काम सुरु हुन सकेको छैन ।

पार्टी प्रवक्ता देवराज चालिसेले निर्वाचन केन्द्रित समितिहरूलाई पूर्णता दिने जिम्मेवारी सभापतिको रहेको र सभापति व्यस्त रहेकाले ढिलाइ भएको जानकारी दिए । “घोषणापत्र मस्यौदा समिति, निर्वाचन परिचालन समिति र प्रचार–प्रसार समिति अझै पूर्ण भएका छैनन्,” उनले भने, “सभापति आफ्नो निर्वाचन क्षेत्रबाट हालै काठमाडौँ आउनुभएको छ । अब छलफल गरेर टुंग्याइनेछ ।”

पार्टीका निकट स्रोतका अनुसार समितिमा कस–कसलाई समावेश गर्ने भन्ने विषयमै सहमति नजुट्दा निर्णय रोकिएको हो । विशेषगरी पूर्वसभापति शेरबहादुर देउवा समूह र डा. शेखर कोइराला समूहका शीर्ष नेताहरूलाई समितिमा राख्ने विषयमा सहमति बन्न सकेको छैन । ती समूहलाई समेट्न नसक्दा पार्टी एक ढिक्का देखिन नसक्ने चिन्ता नेतृत्वमा रहेको बताइन्छ ।

गत पुस २७ देखि ३० गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा सम्पन्न विशेष महाधिवेशनबाट गगन थापा सभापतिमा सर्वसम्मत चयन भएका थिए । उक्त विशेष महाधिवेशनलाई निर्वाचन आयोगले मान्यता दिएको भए पनि देउवा र कोइराला समूहले स्वीकार नगरेको अवस्था छ । यही आन्तरिक मतभेदका कारण निर्वाचन केन्द्रित समितिहरूले समयमै पूर्णता पाउन नसकेको विश्लेषण गरिएको छ ।

 

Tags: अपूर्णकांग्रेसनिर्वाचनसमिति

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

हाम्राे बारे

…

हाम्राे टिम

प्रकाशक : उषा कुमारी /मधु कुमारी (रञ्जना)
सम्पादक : रनिधर कुमार यादव
सह-सम्पादक : स्वस्तिका चौधरी
सम्वाददाता : अर्जुन चौधरी
बजार प्रतिनिधिः पार्वती राजधामी
कानुनी सल्लाहकार : बसन्त सुवेदी, शुखदेव चौधरी
कम्प्युटर ले-आउट : मनिस चौधरी

सम्पर्क

प्रधान कार्यालय : इनरुवा नगरपालिका वडा नं २ सुनसरी
इमेलः
मोवाइल नम्बर : ९८१४३२३२६८ /९८०५३२४२४५/ ९७६९७१६८३२

© SmartCity DailyPvt. Ltd 2025 ।। Website Design By : IT Karkhana

No Result
View All Result
  • मुख्य समाचार
  • समाचार
  • राजनीति
  • अर्थ
  • खेलकुद

© SmartCity DailyPvt. Ltd 2025 ।। Website Design By : IT Karkhana