smartcitydaily@gmail.com
Smartcity Daily
e-paper
  • मुख्य समाचार
  • समाचार
  • राजनीति
  • अर्थ
  • खेलकुद
No Result
View All Result
  • मुख्य समाचार
  • समाचार
  • राजनीति
  • अर्थ
  • खेलकुद
No Result
View All Result
Smartcity Daily
No Result
View All Result

इटहरीमा ब्राउनसुगरसहित चार जना पक्राउ

by स्मार्ट सिटि दैनिक
३ महिना अगाडि
in समाचार
झापामा ब्राउनसुगरसहित तीन पक्राउ

सुनसरी-  झापा र सुनसरीका विभिन्न स्थानबाट लागूऔषध ब्राउनसुगरसहित चार जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ।

झापाको बिर्तामोड नगरपालिका–२ क्षेत्रमा लागूऔषधको अवैध कारोबार भइरहेको भन्ने विशेष सूचनाका आधारमा लागूऔषध नियन्त्रण ब्यूरो काँकडभिट्टा तथा इलाका प्रहरी कार्यालय अनारमनीबाट खटिएको संयुक्त प्रहरी टोलीले छापा मारेको थियो। सो क्रममा बाह्रदर्शी गाउँपालिका–६ स्थायी घर भई हाल सोही स्थानमा डेरा गरी बस्दै आएका दीपक कार्कीको कोठाबाट १ ग्राम ७०० मिलिग्राम ब्राउनसुगर बरामद गरिएको प्रहरीले जनाएको छ। उक्त लागूऔषधको बेचबिखनमा संलग्न मनकुमार राजवंशीलाई मे १ ह ५५६२ नम्बरको अटोसहित पक्राउ गरिएको हो।

यस्तै, सुनसरीको धरान–८ क्षेत्रबाट अस्थायी प्रहरी चौकी तीनकुनेको टोलीले इटहरी–५ की सोनिका तामाङको साथबाट ३७० मिलिग्राम ब्राउनसुगर बरामद गरेको छ। घटनासँग सम्बन्धित रहेको आरोपमा इटहरी–९ की इशा पौडेललाई समेत नियन्त्रणमा लिइएको प्रहरीले जानकारी दिएको छ।

पक्राउ परेका सबै व्यक्तिहरूमाथि लागूऔषध सम्बन्धी कसुरमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

 

Tags: इटहरीमापक्राउब्राउनसुगर

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

हाम्राे बारे

…

हाम्राे टिम

प्रकाशक : उषा कुमारी /मधु कुमारी (रञ्जना)
सम्पादक : रनिधर कुमार यादव
सह-सम्पादक : स्वस्तिका चौधरी
सम्वाददाता : अर्जुन चौधरी
बजार प्रतिनिधिः पार्वती राजधामी
कानुनी सल्लाहकार : बसन्त सुवेदी, शुखदेव चौधरी
कम्प्युटर ले-आउट : मनिस चौधरी

सम्पर्क

प्रधान कार्यालय : इनरुवा नगरपालिका वडा नं २ सुनसरी
इमेलः
मोवाइल नम्बर : ९८१४३२३२६८ /९८०५३२४२४५/ ९७६९७१६८३२

© SmartCity DailyPvt. Ltd 2025 ।। Website Design By : IT Karkhana

No Result
View All Result
  • मुख्य समाचार
  • समाचार
  • राजनीति
  • अर्थ
  • खेलकुद

© SmartCity DailyPvt. Ltd 2025 ।। Website Design By : IT Karkhana