smartcitydaily@gmail.com
Smartcity Daily
e-paper
  • मुख्य समाचार
  • समाचार
  • राजनीति
  • अर्थ
  • खेलकुद
No Result
View All Result
  • मुख्य समाचार
  • समाचार
  • राजनीति
  • अर्थ
  • खेलकुद
No Result
View All Result
Smartcity Daily
No Result
View All Result

पानीको वाफ भन्ने भ्रममा हुक्का सेवन, क्यान्सरको जोखिम उच्च

by स्मार्ट सिटि दैनिक
३ महिना अगाडि
in समाचार
पानीको वाफ भन्ने भ्रममा हुक्का सेवन, क्यान्सरको जोखिम उच्च

सुनसरी — पानीको वाफ मात्रै तानिन्छ भन्ने गलत बुझाइका कारण युवामाझ हुक्का सेवनको प्रचलन बढ्दै गएको छ। तर स्वास्थ्य विज्ञहरूका अनुसार हुक्का चुरोटभन्दा पनि बढी हानिकारक सुर्तीजन्य पदार्थ हो, जसले क्यान्सर, मुटुरोग र फोक्सोसम्बन्धी गम्भीर समस्या निम्त्याउन सक्छ।

राष्ट्रिय स्वास्थ्य शिक्षा तथा सूचना केन्द्रका अनुसार नेपालमा विशेषगरी १५ देखि ३० वर्ष उमेर समूहका युवामाझ क्याफे, रेष्टुरेन्ट र चियापसलमा हुक्का सेवन बढ्दो क्रममा छ। सुर्तीजन्य पदार्थ नियन्त्रण तथा नियमन ऐन, २०६८ ले सार्वजनिक स्थानमा हुक्का सेवनमा प्रतिबन्ध लगाए पनि यसको प्रभावकारी कार्यान्वयन हुन सकेको छैन।

स्वास्थ्य प्रवर्द्धन तथा सुर्तीजन्य पदार्थ नियमन शाखाका प्रमुख उपेन्द्र ढुङ्गानाका अनुसार हुक्कामा प्रयोग हुने पानीले धुवाँ चिस्याउने मात्र काम गर्छ, विषालु तत्व हटाउँदैन। “धुवाँ पानी हुँदै आउँछ भन्दैमा हानिकारक रसायन हट्छ भन्ने सोचाइ गलत हो,” उनले भने।

हुक्कामा प्रयोग हुने विभिन्न फ्लेवरले धुवाँलाई मीठो बनाउने भए पनि ती फ्लेवरमा क्यान्सर गराउने रसायन मिसिएका हुन्छन्। ह्याम्स अस्पतालकी फोक्सो रोग विशेषज्ञ डा. रक्षा पाण्डेका अनुसार हुक्का तान्दा चुरोटभन्दा धेरै धुवाँ शरीरभित्र प्रवेश गर्छ। “४५ मिनेटसम्म हुक्का सेवन गर्दा करिब सयवटा चुरोट बराबर धुवाँ शरीरमा जान्छ,” उनले बताइन्।

हुक्काको धुवाँमा कार्सिनोजेनिक तत्व, कार्बन मोनोअक्साइड, निकोटिन र सूक्ष्म कण हुने विश्व स्वास्थ्य संगठनले जनाएको छ। यी तत्वले मुख, फोक्सो, खाना खाने नलीको क्यान्सर, उच्च रक्तचाप र हृदय रोगको जोखिम बढाउँछन्।

पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानका क्यान्सर रोग विशेषज्ञ डा. अरुण शाहीका अनुसार एउटै हुक्का पाइप प्रयोग गर्दा क्षयरोग, हेपाटाइटिस र फ्लुजस्ता रोग सर्ने सम्भावना पनि रहन्छ। विज्ञहरूले हुक्का सुरक्षित भन्ने भ्रम त्यागेर यसको सेवनबाट टाढा रहन आग्रह गरेका छन्।

 

Tags: पानीभ्रमहुक्का

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

हाम्राे बारे

…

हाम्राे टिम

प्रकाशक : उषा कुमारी /मधु कुमारी (रञ्जना)
सम्पादक : रनिधर कुमार यादव
सह-सम्पादक : स्वस्तिका चौधरी
सम्वाददाता : अर्जुन चौधरी
बजार प्रतिनिधिः पार्वती राजधामी
कानुनी सल्लाहकार : बसन्त सुवेदी, शुखदेव चौधरी
कम्प्युटर ले-आउट : मनिस चौधरी

सम्पर्क

प्रधान कार्यालय : इनरुवा नगरपालिका वडा नं २ सुनसरी
इमेलः
मोवाइल नम्बर : ९८१४३२३२६८ /९८०५३२४२४५/ ९७६९७१६८३२

© SmartCity DailyPvt. Ltd 2025 ।। Website Design By : IT Karkhana

No Result
View All Result
  • मुख्य समाचार
  • समाचार
  • राजनीति
  • अर्थ
  • खेलकुद

© SmartCity DailyPvt. Ltd 2025 ।। Website Design By : IT Karkhana