smartcitydaily@gmail.com
Smartcity Daily
e-paper
  • मुख्य समाचार
  • समाचार
  • राजनीति
  • अर्थ
  • खेलकुद
No Result
View All Result
  • मुख्य समाचार
  • समाचार
  • राजनीति
  • अर्थ
  • खेलकुद
No Result
View All Result
Smartcity Daily
No Result
View All Result

सुनसरीमा ट्रक दुर्घटनाका मृतकका परिवारलाई प्रतिपरिवार १२ लाख क्षतिपूर्ति

by स्मार्ट सिटि दैनिक
३ महिना अगाडि
in समाचार
सुनसरीमा ट्रक दुर्घटनाका मृतकका परिवारलाई प्रतिपरिवार १२ लाख क्षतिपूर्ति

सनसरी-सुनसरीको नरसिंह गाउँपालिका–९, सोनियाहीमा गत बिहीबार भएको ट्रक दुर्घटनामा ज्यान गुमाएका पाँच जनाका परिवारलाई क्षतिपूर्तिस्वरूप प्रतिपरिवार १२ लाख रुपैयाँ उपलब्ध गराइने भएको छ।

दुर्घटनामा सुनसरीको बर्जु गाउँपालिका–१, गुरुङ बस्तीका पाँच जनाको मृत्यु भएको थियो। जिल्ला प्रहरी कार्यालय सुनसरीमा भएको छलफलपछि ट्रक तथा मार्बल व्यवसायीबाट ११ लाख र सम्बन्धित गाउँपालिकाबाट १ लाख रुपैयाँ प्रदान गर्ने सहमति भएको प्रहरी नायब उपरीक्षक चन्द्रबहादुर खड्काले जानकारी दिए।

उनका अनुसार मृतक प्रत्येकका परिवारलाई समान रूपमा १२ लाख रुपैयाँ उपलब्ध गराउने सहमति भएको हो। क्षतिपूर्ति सुनिश्चित भएपछि शनिबार शव बुझ्ने सहमति समेत भएको छ।

को १ ख ४५४१ नम्बरको ट्रक आफैं अनियन्त्रित भई सडकमा पल्टिँदा ३२ वर्षीय धिरेन्द्र गुरुङ, ५५ वर्षीय ब्रह्मदेव गुरुङ, ५० वर्षीय टंक गुरुङ, २८ वर्षीय निशम गुरुङ र ५५ वर्षीय चन्द्रबहादुर गुरुङको घटनास्थलमै मृत्यु भएको थियो।

घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

 

Tags: क्षतिपूर्तिदुर्घटनासुनसरी

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

हाम्राे बारे

…

हाम्राे टिम

प्रकाशक : उषा कुमारी /मधु कुमारी (रञ्जना)
सम्पादक : रनिधर कुमार यादव
सह-सम्पादक : स्वस्तिका चौधरी
सम्वाददाता : अर्जुन चौधरी
बजार प्रतिनिधिः पार्वती राजधामी
कानुनी सल्लाहकार : बसन्त सुवेदी, शुखदेव चौधरी
कम्प्युटर ले-आउट : मनिस चौधरी

सम्पर्क

प्रधान कार्यालय : इनरुवा नगरपालिका वडा नं २ सुनसरी
इमेलः
मोवाइल नम्बर : ९८१४३२३२६८ /९८०५३२४२४५/ ९७६९७१६८३२

© SmartCity DailyPvt. Ltd 2025 ।। Website Design By : IT Karkhana

No Result
View All Result
  • मुख्य समाचार
  • समाचार
  • राजनीति
  • अर्थ
  • खेलकुद

© SmartCity DailyPvt. Ltd 2025 ।। Website Design By : IT Karkhana