smartcitydaily@gmail.com
Smartcity Daily
e-paper
  • मुख्य समाचार
  • समाचार
  • राजनीति
  • अर्थ
  • खेलकुद
No Result
View All Result
  • मुख्य समाचार
  • समाचार
  • राजनीति
  • अर्थ
  • खेलकुद
No Result
View All Result
Smartcity Daily
No Result
View All Result

झापा–सुनसरीमा लागूऔषध विरुद्ध प्रहरीको कडाइ, १२ जना पक्राउ

by स्मार्ट सिटि दैनिक
३ महिना अगाडि
in समाचार
झापामा ब्राउनसुगरसहित तीन पक्राउ

सुनसरी- झापा र सुनसरी जिल्लाका विभिन्न स्थानमा गरिएको प्रहरी कारबाहीका क्रममा ब्राउनसुगरसहित १२ जनालाई नियन्त्रणमा लिइएको छ।

इलाका प्रहरी कार्यालय गौरीगञ्ज, झापाबाट खटिएको प्रहरी टोलीले नियमित चेकजाँचको क्रममा गौरीगञ्ज गाउँपालिका–२ का मानफ कुमार मेहतालाई ७ ग्राम ब्राउनसुगरसहित पक्राउ गरेको हो।

त्यस्तै, इलाका प्रहरी कार्यालय बुधबारेले मेचीनगर र बुद्धशान्ति क्षेत्रबाट १० जनालाई लागूऔषधसहित नियन्त्रणमा लिएको छ। पक्राउ पर्नेमा मेचीनगर–७ का विमल मेचे, मेचीनगर–११ का प्रविन राई, बासु राजवंशी र सुरेश खड्का, मेचीनगर–८ का कविश मेचे, बुद्धशान्ति–४ का कुमार गुरुङ र राजेन्द्र कुमार थापा, बुद्धशान्ति–३ का सन्दीप सराईली तथा बुद्धशान्ति–१० का घनश्याम माझी रहेका छन्। उनीहरूको साथबाट ४ ग्राम ४५० मिलिग्राम ब्राउनसुगर र नगद ३७ हजार ५ सय रुपैयाँ बरामद गरिएको प्रहरीले जनाएको छ।

यसैबीच, सुनसरीको धरान उपमहानगरपालिकामा पनि लागूऔषध कारोबारीविरुद्ध कारबाही गरिएको छ। वडा प्रहरी कार्यालय धरानले धरान–११ का विकास कार्की र धरान–१२ का अगृश तुलाधरलाई २२० मिलिग्राम ब्राउनसुगरसहित नियन्त्रणमा लिएको हो।

पक्राउ परेकाहरूमाथि लागूऔषध सम्बन्धी ऐनअनुसार थप अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ।

 

Tags: झापा–सुनसरीपक्राउलागूऔषध

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

हाम्राे बारे

…

हाम्राे टिम

प्रकाशक : उषा कुमारी /मधु कुमारी (रञ्जना)
सम्पादक : रनिधर कुमार यादव
सह-सम्पादक : स्वस्तिका चौधरी
सम्वाददाता : अर्जुन चौधरी
बजार प्रतिनिधिः पार्वती राजधामी
कानुनी सल्लाहकार : बसन्त सुवेदी, शुखदेव चौधरी
कम्प्युटर ले-आउट : मनिस चौधरी

सम्पर्क

प्रधान कार्यालय : इनरुवा नगरपालिका वडा नं २ सुनसरी
इमेलः
मोवाइल नम्बर : ९८१४३२३२६८ /९८०५३२४२४५/ ९७६९७१६८३२

© SmartCity DailyPvt. Ltd 2025 ।। Website Design By : IT Karkhana

No Result
View All Result
  • मुख्य समाचार
  • समाचार
  • राजनीति
  • अर्थ
  • खेलकुद

© SmartCity DailyPvt. Ltd 2025 ।। Website Design By : IT Karkhana