smartcitydaily@gmail.com
Smartcity Daily
e-paper
  • मुख्य समाचार
  • समाचार
  • राजनीति
  • अर्थ
  • खेलकुद
No Result
View All Result
  • मुख्य समाचार
  • समाचार
  • राजनीति
  • अर्थ
  • खेलकुद
No Result
View All Result
Smartcity Daily
No Result
View All Result

अंशु गौतम हत्या प्रकरणः पदम अधिकारी पुर्पक्षका लागि कारागार चलान

by स्मार्ट सिटि दैनिक
४ महिना अगाडि
in समाचार
लेटाङकी १३ वर्षीया अंशु हत्या प्रकरण : छिमेकी पदम अधिकारी प्रमुख शंकितका रूपमा नियन्त्रणमा

सुनसरी-  मोरङको लेटाङ नगरपालिका–२ की १३ वर्षीया अंशु गौतमको हत्या प्रकरणमा पक्राउ परेका पदम बहादुर अधिकारीलाई मोरङ जिल्ला अदालतले पुर्पक्षका लागि जिल्ला कारागार चलान गर्ने आदेश दिएको छ।
जिल्ला अदालत मोरङले बिहीवार थुनछेक आदेश जारी गर्दै प्रतिवादी अधिकारीलाई कारागार पठाउने निर्णय गरेको हो। जिल्ला अदालतका सूचना अधिकारी हेमबहादुर बुढाथोकीका अनुसार अदालतले प्रस्तुत प्रमाणका आधारमा अभियोग पुष्टि हुने पर्याप्त आधार देखिएको ठहर गरेको छ।
अंशु गौतम असोज ७ गते घरबाट निस्किएपछि बेपत्ता भएकी थिइन्। परिवार तथा स्थानीयवासीले खोजी गर्दा पनि फेला नपरेपछि प्रहरीमार्फत खोजतलास तीव्र बनाइएको थियो। बेपत्ता भएको १८ दिनपछि असोज २४ गते बेलबारी–चिसाङ साझेदारी वन क्षेत्रमा उनको शव फेला परेको थियो।
घटनापछि प्रहरीले प्राविधिक विश्लेषण, घटनास्थलबाट सङ्कलित प्रमाण तथा सम्बन्धित व्यक्तिहरूको बयानका आधारमा अनुसन्धान अघि बढाएको थियो। अनुसन्धानका क्रममा सोही क्षेत्रमा बसोबास गर्दै आएका पदम बहादुर अधिकारीमाथि शङ्का गहिरिँदै गएपछि उनलाई नियन्त्रणमा लिइएको थियो।
घटनापछि अधिकारी भारततर्फ गएको खुलेको थियो। प्रहरीको समन्वयमा उनी नेपाल फर्किएलगत्तै पक्राउ परेका थिए। पीडित परिवारका तर्फबाट अंशुका बुबा नवीन गौतमले किटानी जाहेरी दिएका थिए।
प्रहरीले सङ्कलन गरेका प्रमाण अदालतमा पेस गरेपछि प्रतिवादीविरुद्ध पर्याप्त आधार देखिएको निष्कर्षसहित अदालतले अधिकारीलाई पुर्पक्षका लागि थुनामा राख्ने आदेश दिएको हो।

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

हाम्राे बारे

…

हाम्राे टिम

प्रकाशक : उषा कुमारी /मधु कुमारी (रञ्जना)
सम्पादक : रनिधर कुमार यादव
सह-सम्पादक : स्वस्तिका चौधरी
सम्वाददाता : अर्जुन चौधरी
बजार प्रतिनिधिः पार्वती राजधामी
कानुनी सल्लाहकार : बसन्त सुवेदी, शुखदेव चौधरी
कम्प्युटर ले-आउट : मनिस चौधरी

सम्पर्क

प्रधान कार्यालय : इनरुवा नगरपालिका वडा नं २ सुनसरी
इमेलः
मोवाइल नम्बर : ९८१४३२३२६८ /९८०५३२४२४५/ ९७६९७१६८३२

© SmartCity DailyPvt. Ltd 2025 ।। Website Design By : IT Karkhana

No Result
View All Result
  • मुख्य समाचार
  • समाचार
  • राजनीति
  • अर्थ
  • खेलकुद

© SmartCity DailyPvt. Ltd 2025 ।। Website Design By : IT Karkhana