smartcitydaily@gmail.com
Smartcity Daily
e-paper
  • मुख्य समाचार
  • समाचार
  • राजनीति
  • अर्थ
  • खेलकुद
No Result
View All Result
  • मुख्य समाचार
  • समाचार
  • राजनीति
  • अर्थ
  • खेलकुद
No Result
View All Result
Smartcity Daily
No Result
View All Result

सुनसरीमा सशस्त्र प्रहरीको गोली लागेर एक जनाको ज्यान गयो

by स्मार्ट सिटि दैनिक
४ महिना अगाडि
in समाचार
सुनसरीमा सशस्त्र प्रहरीको गोली लागेर एक जनाको ज्यान गयो

सुनसरी-  सुनसरीको कोशी गाउँपालिकामा तस्करी नियन्त्रणका क्रममा सशस्त्र प्रहरी बलको गोली लागेर एक स्थानीयको मृत्यु भएको छ। बुधबार राति करिब १:१० बजे कोशी गाउँपालिका–१ को पुरी टोलमा भएको घटनामा ४५ वर्षीय विजय साहको ज्यान गएको हो।

जिल्ला प्रहरी कार्यालय सुनसरीका अनुसार साह आफ्नै सिटी सफारीमा भारतबाट नेपालतर्फ चिनी बोकेर ल्याउँदै थिए। सशस्त्र प्रहरी बल (एपीएफ) को टोलीले सवारी साधन रोक्न खोज्दा विवाद भएको र त्यसै क्रममा गोली प्रहार भएको जनाइएको छ। गोली लागेपछि गम्भीर घाइते भएका साहको घटनास्थलमै मृत्यु भएको बताइएको छ।

घटनापछि स्थानीय बासिन्दाले शव उठाउन नदिँदै प्रदर्शन सुरु गरेका छन्। उनीहरूले प्रहरीको गोली प्रहारप्रति आपत्ति जनाउँदै निष्पक्ष छानबिनको माग गरेका छन्। स्थानीयको दाबी छ—यो घटना तस्करी नियन्त्रणभन्दा पनि लेनदेनसम्बन्धी विवादबाट उत्पन्न भएको हो।

यद्यपि, सशस्त्र प्रहरी बल कोशी प्रदेशका प्रमुख डीआईजी कुमार न्यौपानेले भने फरक दाबी गरेका छन्। उनका अनुसार तस्करीमा संलग्न समूहले प्रहरीमाथि गोली चलाएपछि एपीएफले जवाफी कारबाही गरेको हो।
“चोरीको सामान बोकेको सवारी रोक्ने क्रममा प्रहरीमाथि गोली प्रहार भयो, त्यसपछि जवाफी फायरिङ भएको हो,” डीआईजी न्यौपानेले भने।

घटनास्थलमा अहिले पनि सुरक्षाकर्मी परिचालन गरिएको छ भने प्रहरीले कानुनी प्रक्रिया अनुसार मुचुल्का उठाउने काम गरिरहेको छ। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

 

Tags: गोलीसशस्त्रसुनसरी

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

हाम्राे बारे

…

हाम्राे टिम

प्रकाशक : उषा कुमारी /मधु कुमारी (रञ्जना)
सम्पादक : रनिधर कुमार यादव
सह-सम्पादक : स्वस्तिका चौधरी
सम्वाददाता : अर्जुन चौधरी
बजार प्रतिनिधिः पार्वती राजधामी
कानुनी सल्लाहकार : बसन्त सुवेदी, शुखदेव चौधरी
कम्प्युटर ले-आउट : मनिस चौधरी

सम्पर्क

प्रधान कार्यालय : इनरुवा नगरपालिका वडा नं २ सुनसरी
इमेलः
मोवाइल नम्बर : ९८१४३२३२६८ /९८०५३२४२४५/ ९७६९७१६८३२

© SmartCity DailyPvt. Ltd 2025 ।। Website Design By : IT Karkhana

No Result
View All Result
  • मुख्य समाचार
  • समाचार
  • राजनीति
  • अर्थ
  • खेलकुद

© SmartCity DailyPvt. Ltd 2025 ।। Website Design By : IT Karkhana