smartcitydaily@gmail.com
Smartcity Daily
e-paper
  • मुख्य समाचार
  • समाचार
  • राजनीति
  • अर्थ
  • खेलकुद
No Result
View All Result
  • मुख्य समाचार
  • समाचार
  • राजनीति
  • अर्थ
  • खेलकुद
No Result
View All Result
Smartcity Daily
No Result
View All Result

धरानमा लागूऔषधसहित दुई युवक पक्राउ

by स्मार्ट सिटि दैनिक
४ महिना अगाडि
in समाचार
धरानमा लागूऔषधसहित दुई युवक पक्राउ

सुनसरी-  धरान उपमहानगरपालिका–८ स्थित धनकुटे रोडमा लागूऔषध कारोबार भइरहेको सूचनाका आधारमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ। अस्थायी प्रहरी चौकी वरगाछीबाट खटिएको प्रहरी टोलीले अभियान राईको घरमा छापा मार्ने क्रममा ब्राउनसुगरसहित दुई युवकलाई नियन्त्रणमा लिएको हो।

प्रहरीका अनुसार जिल्ला पाँचथरको हिलिहाङ गाउँपालिका–७ स्थायी घर भई हाल धरानमा बसोबास गर्दै आएका ३२ वर्षीय विशाल योक्पाङदेनको साथबाट प्लास्टिकको पोका बनाएर राखिएको ५.८१ ग्राम ब्राउनसुगर बरामद गरिएको छ। सोही कोठामा सँगै बस्ने १८ वर्षीय इमन लिम्बुको साथबाट चुइगमको खोलभित्र लुकाइ राखिएको ०.२७ ग्राम ब्राउनसुगर फेला परेको प्रहरीले जनाएको छ। दुवैबाट कुल ६.०७ ग्राम लागूऔषध बरामद भएको हो।

खानतलासीका क्रममा उनीहरूको साथबाट एक थान खुकुरी, एक थान डिजिटल तराजु, दुई थान आइफोन, तीन थान एन्ड्रोइड मोबाइल, नेपाली रुपैयाँ १९ हजार ६०५ र भारतीय रुपैयाँ १ हजार ५० समेत बरामद गरिएको छ। साथै, को १६ प ५०१० नम्बरको मोटरसाइकल पनि प्रहरीले नियन्त्रणमा लिएको छ।

पक्राउ परेका दुवै जनालाई इलाका प्रहरी कार्यालय धरानमा राखी लागूऔषध सम्बन्धी कसुरमा थप अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ।

 

Tags: धरानमायुवक पक्राउलागूऔषध

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

हाम्राे बारे

…

हाम्राे टिम

प्रकाशक : उषा कुमारी /मधु कुमारी (रञ्जना)
सम्पादक : रनिधर कुमार यादव
सह-सम्पादक : स्वस्तिका चौधरी
सम्वाददाता : अर्जुन चौधरी
बजार प्रतिनिधिः पार्वती राजधामी
कानुनी सल्लाहकार : बसन्त सुवेदी, शुखदेव चौधरी
कम्प्युटर ले-आउट : मनिस चौधरी

सम्पर्क

प्रधान कार्यालय : इनरुवा नगरपालिका वडा नं २ सुनसरी
इमेलः
मोवाइल नम्बर : ९८१४३२३२६८ /९८०५३२४२४५/ ९७६९७१६८३२

© SmartCity DailyPvt. Ltd 2025 ।। Website Design By : IT Karkhana

No Result
View All Result
  • मुख्य समाचार
  • समाचार
  • राजनीति
  • अर्थ
  • खेलकुद

© SmartCity DailyPvt. Ltd 2025 ।। Website Design By : IT Karkhana