झापा । झापाको भद्रपुर र बिर्तामोड क्षेत्रबाट ब्राउनसुगरसहित तीन जना युवक प्रहरीले पक्राउ गरेका छन्।
इलाका प्रहरी कार्यालय अन्तर्गतको वडा प्रहरी कार्यालय भद्रपुरबाट खटिएको टोलीले बिर्तामोड नगरपालिका–९ का विनोद मर्डीलाई भद्रपुर–५ क्षेत्रबाट नियन्त्रणमा लिएको हो। उनको साथबाट १ ग्राम १९० मिलिग्राम ब्राउनसुगर बरामद गरिएको प्रहरीले जनाएको छ।
त्यसैगरी, अस्थायी प्रहरी चौकी बुट्टाबारीबाट खटिएको टोलीले अर्जुनधारा नगरपालिका–११ का सक्षम दर्नाल र अबिन उराउलाई ब्राउनसुगरसहित पक्राउ गरेको हो। उनीहरूबाट २२० मिलिग्राम ब्राउनसुगर जफत गरिएको प्रहरीको भनाइ छ।
पक्राउ परेका तीनै जनालाई आवश्यक कानुनी प्रक्रिया अगाडि बढाउँदै थप अनुसन्धान जारी राखिएको जिल्ला प्रहरी कार्यालय झापाले जानकारी दिएको छ।
