smartcitydaily@gmail.com
Smartcity Daily
e-paper
  • मुख्य समाचार
  • समाचार
  • राजनीति
  • अर्थ
  • खेलकुद
No Result
View All Result
  • मुख्य समाचार
  • समाचार
  • राजनीति
  • अर्थ
  • खेलकुद
No Result
View All Result
Smartcity Daily
No Result
View All Result

विराटनगरमा ६ लाखभन्दा बढी अवैध रकमसहित एक युवक पक्राउ

by स्मार्ट सिटि दैनिक
५ महिना अगाडि
in समाचार
विराटनगरमा ६ लाखभन्दा बढी अवैध रकमसहित एक युवक पक्राउ

विराटनगर — मोरङको विराटनगर महानगरपालिका–१७, मटेरुवाबाट स्रोत नखुलेको ठूलो रकमसहित एक व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ।

मंसिर १७ गते कोशी प्रदेश प्रहरी कार्यालय अन्तर्गतको प्रादेशिक अनुसन्धान समूहबाट खटिएको टोलीले भारतबाट नेपालतर्फ आउँदै गरेको को २४ प ७९८४ नम्बरको मोटरसाइकललाई चेकजाँच गर्ने क्रममा रकम फेला पारेको हो।

प्रहरीका अनुसार विराटनगर–१८ का रवि शाह मोटरसाइकल चालक रहेका थिए। उनले साथमा लुकाइछिपाई ल्याएको ६ लाख ४९ हजार ५ सय रुपैयाँ कहाँबाट आएको भन्ने खुलेको छैन। अवैध ठहरिने उक्त रकमसहित उनलाई तत्कालै नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ।

पक्राउ परेका शाहलाई आवश्यक अनुसन्धानका लागि इलाका प्रहरी कार्यालय रानीमा राखी थप कारबाही अघि बढाइएको प्रहरीले जानकारी दिएको छ।

 

Tags: अवैध रकमएक युवकपक्राउ

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

हाम्राे बारे

…

हाम्राे टिम

प्रकाशक : उषा कुमारी /मधु कुमारी (रञ्जना)
सम्पादक : रनिधर कुमार यादव
सह-सम्पादक : स्वस्तिका चौधरी
सम्वाददाता : अर्जुन चौधरी
बजार प्रतिनिधिः पार्वती राजधामी
कानुनी सल्लाहकार : बसन्त सुवेदी, शुखदेव चौधरी
कम्प्युटर ले-आउट : मनिस चौधरी

सम्पर्क

प्रधान कार्यालय : इनरुवा नगरपालिका वडा नं २ सुनसरी
इमेलः
मोवाइल नम्बर : ९८१४३२३२६८ /९८०५३२४२४५/ ९७६९७१६८३२

© SmartCity DailyPvt. Ltd 2025 ।। Website Design By : IT Karkhana

No Result
View All Result
  • मुख्य समाचार
  • समाचार
  • राजनीति
  • अर्थ
  • खेलकुद

© SmartCity DailyPvt. Ltd 2025 ।। Website Design By : IT Karkhana