smartcitydaily@gmail.com
Smartcity Daily
e-paper
  • मुख्य समाचार
  • समाचार
  • राजनीति
  • अर्थ
  • खेलकुद
No Result
View All Result
  • मुख्य समाचार
  • समाचार
  • राजनीति
  • अर्थ
  • खेलकुद
No Result
View All Result
Smartcity Daily
No Result
View All Result

एमाले सुनसरी क्षेत्र नं.–१ मा महाधिवेशन प्रतिनिधि चयन प्रक्रियाका क्रममा उत्पन्न विवादले हिंसात्मक रूप लिएपछि पार्टीका जिल्ला कमिटी सदस्य अनिल राजधामी कुटपिटको घटनामा परेका छन्।

by स्मार्ट सिटि दैनिक
५ महिना अगाडि
in समाचार
एमाले सुनसरी क्षेत्र नं.–१ मा महाधिवेशन प्रतिनिधि चयन प्रक्रियाका क्रममा उत्पन्न विवादले हिंसात्मक रूप लिएपछि पार्टीका जिल्ला कमिटी सदस्य अनिल राजधामी कुटपिटको घटनामा परेका छन्।

 इनरुवा- कोशी प्रदेशका पूर्वमुख्यमन्त्री भीम आचार्यका निजी सचिवसमेत रहेका राजधामीलाई बिहीबार साँझ धरानमा एमालेकै कार्यकर्ताहरूको समूहले आक्रमण गरेको पुष्टि भएको छ। घटनामा युवा संघ कोशी प्रदेश इञ्चार्ज दिवस राई तथा धरान–१० का वडाध्यक्ष विवेक राई नेतृत्वको समूह संलग्न भएको प्रत्यक्षदर्शीहरूले बताएका छन्।

आक्रमणपछि राजधामी घाइते भएका थिए। अन्य कार्यकर्ताहरूले तत्काल उद्धार गरी उनलाई बिजयपुर अस्पताल पु¥याइएको थियो। प्राथमिक उपचारपछि डिस्चार्ज भएका राजधामी अहिले घरमै आराम गरिरहेका छन्।

पार्टी स्रोतका अनुसार महाधिवेशनका लागि युवा प्रतिनिधि चयनमा सहमति खोज्ने प्रक्रिया चलिरहेका बेला राजधामीले “निर्वाचनमार्फत मात्र प्रतिनिधि तय हुनुपर्छ” भन्ने अडान राखेपछि दुवै पक्षबीच तनाव बढेको थियो। यही विवादले अन्ततः कुटपिटमा रूप लिएको बताइएको छ।

पछिल्ला दिनहरूमा एमालेभित्र अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता ईश्वर पोखरेलबीचको प्रतिस्पर्धा तीव्र बन्दै जाँदा कार्यकर्ता समेत धारमा विभाजित देखिन्छन्।

राजधामी सुनसरीको युवामाझ लोकप्रिय, सहज र मिलनसार नेताका रूपमा परिचित मानिन्छन्। पार्टीभित्रको आन्तरिक मतभेद हिंसामा रूपान्तरित भएको यस घटनाप्रति स्थानीयस्तरमा समेत असन्तोष छ।

 

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

हाम्राे बारे

…

हाम्राे टिम

प्रकाशक : उषा कुमारी /मधु कुमारी (रञ्जना)
सम्पादक : रनिधर कुमार यादव
सह-सम्पादक : स्वस्तिका चौधरी
सम्वाददाता : अर्जुन चौधरी
बजार प्रतिनिधिः पार्वती राजधामी
कानुनी सल्लाहकार : बसन्त सुवेदी, शुखदेव चौधरी
कम्प्युटर ले-आउट : मनिस चौधरी

सम्पर्क

प्रधान कार्यालय : इनरुवा नगरपालिका वडा नं २ सुनसरी
इमेलः
मोवाइल नम्बर : ९८१४३२३२६८ /९८०५३२४२४५/ ९७६९७१६८३२

© SmartCity DailyPvt. Ltd 2025 ।। Website Design By : IT Karkhana

No Result
View All Result
  • मुख्य समाचार
  • समाचार
  • राजनीति
  • अर्थ
  • खेलकुद

© SmartCity DailyPvt. Ltd 2025 ।। Website Design By : IT Karkhana