smartcitydaily@gmail.com
Smartcity Daily
e-paper
  • मुख्य समाचार
  • समाचार
  • राजनीति
  • अर्थ
  • खेलकुद
No Result
View All Result
  • मुख्य समाचार
  • समाचार
  • राजनीति
  • अर्थ
  • खेलकुद
No Result
View All Result
Smartcity Daily
No Result
View All Result

विराटनगरमा औषधि व्यवसायीको धर्ना, अव्यावहारिक प्रावधान खारेज माग

by स्मार्ट सिटि दैनिक
५ महिना अगाडि
in समाचार
विराटनगरमा औषधि व्यवसायीको धर्ना, अव्यावहारिक प्रावधान खारेज माग

विराटनगर । औषधि ऐन २०३५ को संशोधनमा राखिएका केही प्रावधान अव्यावहारिक र दमनकारी रहेको भन्दै कोशी प्रदेशका औषधि व्यवसायीहरू धर्ना तथा चरणबद्ध विरोधमा उत्रिएका छन्। संघले सरकारलाई दिएको म्याद सकिए पनि माग सुनुवाइ नभएपछि बिहीबारबाट औषधि व्यवस्था विभाग विराटनगर कार्यालयमा मौन धर्ना सुरु गरिएको हो।

व्यवसायीहरूको मुख्य आपत्ति संशोधित दफा ११ मा राखिएको व्यवस्था हो, जसअनुसार दर्ता नवीकरणको म्याद सकिएपछि भोलिपल्टदेखि नै शतप्रतिशत जरिवाना लाग्ने र ३१ दिनभित्र नवीकरण नभए स्वतः संस्था खारेज हुने उल्लेख छ। व्यवसायीहरूले यसलाई पेसागत सुरक्षा, व्यवसायिक स्वतन्त्रता र संविधानको मर्मविपरीत रहेको आरोप लगाएका छन्।

मोरङ औषधि व्यवसायी संघका अध्यक्ष देश बन्धु ढकालले व्यवसायीलाई नियन्त्रण होइन, विस्थापन गर्ने नियतसहित यस्तो प्रावधान ल्याइएको बताए। उनका अनुसार त्रुटिपूर्ण व्यवस्था सच्याउन अवसर दिए पनि सरकारले अटेरी गरेपछि सडक संघर्षमा उत्रिन बाध्य हुनु परेको हो।

संघले मंसिर ११ देखि १६ गतेसम्म मौन धर्ना, कालोपट्टी, कालो झन्डा र पसल बन्दजस्ता कार्यक्रम घोषणा गरेको छ। १६ गतेसम्म माग सम्बोधन नभए १७ गतेदेखि अनिश्चितकालीन बन्द–हडतालसहितका कठोर कदम चालिने चेतावनी समेत दिएको छ।

Tags: अव्यावहारिकऔषधि व्यवसायीकोखारेज माग

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

हाम्राे बारे

…

हाम्राे टिम

प्रकाशक : उषा कुमारी /मधु कुमारी (रञ्जना)
सम्पादक : रनिधर कुमार यादव
सह-सम्पादक : स्वस्तिका चौधरी
सम्वाददाता : अर्जुन चौधरी
बजार प्रतिनिधिः पार्वती राजधामी
कानुनी सल्लाहकार : बसन्त सुवेदी, शुखदेव चौधरी
कम्प्युटर ले-आउट : मनिस चौधरी

सम्पर्क

प्रधान कार्यालय : इनरुवा नगरपालिका वडा नं २ सुनसरी
इमेलः
मोवाइल नम्बर : ९८१४३२३२६८ /९८०५३२४२४५/ ९७६९७१६८३२

© SmartCity DailyPvt. Ltd 2025 ।। Website Design By : IT Karkhana

No Result
View All Result
  • मुख्य समाचार
  • समाचार
  • राजनीति
  • अर्थ
  • खेलकुद

© SmartCity DailyPvt. Ltd 2025 ।। Website Design By : IT Karkhana