smartcitydaily@gmail.com
Smartcity Daily
e-paper
  • मुख्य समाचार
  • समाचार
  • राजनीति
  • अर्थ
  • खेलकुद
No Result
View All Result
  • मुख्य समाचार
  • समाचार
  • राजनीति
  • अर्थ
  • खेलकुद
No Result
View All Result
Smartcity Daily
No Result
View All Result

बारामा भन्सार छली नियन्त्रणका क्रममा गोलीज्यो–गोली, तस्कर समूह भाग्यो भारततर्फ

by स्मार्ट सिटि दैनिक
५ महिना अगाडि
in समाचार
बारामा भन्सार छली नियन्त्रणका क्रममा गोलीज्यो–गोली, तस्कर समूह भाग्यो भारततर्फ

सुनसरी- बारामा आइतबार राति भन्सार छलीका मालवस्तु नियन्त्रणका क्रममा नेपाल प्रहरी र तस्कर समूहबीच गोलीज्यो–गोली भएको छ। पचरौत नगरपालिका–स्थित चिकनी गाउँ नजिकै घटना भएको जिल्ला प्रहरी कार्यालय बाराका प्रवक्ता डीएसपी बिजयराज पण्डितले जानकारी दिए।

डीएसपी पण्डितका अनुसार भारततर्फबाट ट्याक्टरमा लोड गरिएका अवैध सामग्री नेपालतर्फ प्रवेश गर्ने सूचना पाएपछि प्रहरी टोली परिचालन गरिएको थियो। ट्याक्टर नियन्त्रणमा लिएर जिल्लातर्फ लैजाने क्रममा तस्कर समूहले अचानक प्रहरीमाथि दुई राउन्ड गोली प्रहार गरेको हो।

“आफ्नो सुरक्षाका लागि प्रहरीतर्फबाट ६ राउन्ड जवाफी फायर गर्नुपर्‍यो,” पण्डितले भने। तस्करहरू गोली चलाउँदै ट्याक्टरसहितका मालवस्तु लिएर बिन्ध्यासिनी गाउँ (भारत) तर्फ भाग्न सफल भएका छन्।

घटनास्थलबाट प्रहरीले चार वटा भारतीय नम्बर प्लेटका मोटरसाइकल, दुई मोबाइल फोन र भारतीय नागरिकताको आधार कार्ड बरामद गरेको छ। तस्कर समूह फरार रहेकोले उनीहरूको अवस्थाबारे स्पष्ट जानकारी आइसकेको छैन।

प्रहरीले नियन्त्रणमा लिएको ट्याक्टरमा के–कस्ता सामग्री थिए भन्नेबारे पहिचान अझै हुन बाँकी रहेको बताइएको छ। भारततर्फबाट आएका तस्करहरूको समूह पहिचान गरी कारबाही अघि बढाइने प्रहरीको भनाइ छ।

यसैबीच, भन्सार चुहावट नियन्त्रणमा मुख्य जिम्मेवारीसहित सीमामा खटिने सशस्त्र प्रहरी तस्कर समूहसँग ‘समन्वयित ढंगमा देखिएको’ जस्तो छाप आइतबार रातिको घटनाले दिएको स्थानीयको आरोप पनि सार्वजनिक बनेको छ।

 

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

हाम्राे बारे

…

हाम्राे टिम

प्रकाशक : उषा कुमारी /मधु कुमारी (रञ्जना)
सम्पादक : रनिधर कुमार यादव
सह-सम्पादक : स्वस्तिका चौधरी
सम्वाददाता : अर्जुन चौधरी
बजार प्रतिनिधिः पार्वती राजधामी
कानुनी सल्लाहकार : बसन्त सुवेदी, शुखदेव चौधरी
कम्प्युटर ले-आउट : मनिस चौधरी

सम्पर्क

प्रधान कार्यालय : इनरुवा नगरपालिका वडा नं २ सुनसरी
इमेलः
मोवाइल नम्बर : ९८१४३२३२६८ /९८०५३२४२४५/ ९७६९७१६८३२

© SmartCity DailyPvt. Ltd 2025 ।। Website Design By : IT Karkhana

No Result
View All Result
  • मुख्य समाचार
  • समाचार
  • राजनीति
  • अर्थ
  • खेलकुद

© SmartCity DailyPvt. Ltd 2025 ।। Website Design By : IT Karkhana