smartcitydaily@gmail.com
Smartcity Daily
e-paper
  • मुख्य समाचार
  • समाचार
  • राजनीति
  • अर्थ
  • खेलकुद
No Result
View All Result
  • मुख्य समाचार
  • समाचार
  • राजनीति
  • अर्थ
  • खेलकुद
No Result
View All Result
Smartcity Daily
No Result
View All Result

दुहबीमा बाढीपीडितका लागि सुरक्षित आवास हस्तान्तरण कार्यक्रम मंसिर ९ मा

by स्मार्ट सिटि दैनिक
५ महिना अगाडि
in समाचार
दुहबीमा बाढीपीडितका लागि सुरक्षित आवास हस्तान्तरण कार्यक्रम मंसिर ९ मा

इनरुवा — सुनसरीसहित विभिन्न जिल्लामा प्राकृतिक प्रकोपबाट प्रभावित परिवारहरूको पुनःस्थापनामा सक्रिय संस्था फोरम फर रुरल वुमन अर्डेन्सी डेभलपमेण्ट (FORWARD Nepal) ले दुहबी नगरपालिकामा निर्माण गरेको सुरक्षित आवास हस्तान्तरण कार्यक्रम आगामी मंसिर ९ गते गर्न लागेको छ।

संस्थाले शिक्षा, स्वास्थ्य, सरसफाइ, बालमैत्री पहल, जीविकोपार्जन र सामुदायिक सशक्तीकरणजस्ता क्षेत्रमा दुई दशकभन्दा बढी समयदेखि काम गर्दै आएको छ। यही निरन्तरतामा अन्तर्राष्ट्रिय बाढी पुनर्स्थापना परियोजनामार्फत दुहबी–३, ८ र ९ का बाढीपीडित, दलित, भूमिहीन तथा अत्यन्तै जोखिममा बस्दै आएका परिवारका लागि सुरक्षित आवास निर्माण गरिएको हो।

२०७९ कात्तिक १६ को भीषण बाढीपछि गरिएको प्रारम्भिक मूल्याङ्कनमा १०० भन्दा बढी घरपरिवार पूर्ण रूपमा घरविहीन बनेको पहिचान भएको थियो। त्यसैका आधारमा जोखिमयुक्त स्थानमा बसोबास गर्दै आएका, कमजोर संरचनावाला घर र बाल–महिला तथा अपांगता भएका सदस्य रहेको परिवारलाई प्राथमिकतामा राखी आवास निर्माण गरिएको संस्थाले जनाएको छ।

दुहबी नगरलाई बाढी, डुबान र नदीकटानको दृष्टिले उच्च जोखिम क्षेत्र मानिँदै आएको छ। वर्षेनी विपद्को सामना गर्नुपरेको स्थानीय समुदायका लागि सुरक्षित आवास–निर्माण परियोजना महत्वपूर्ण राहतका रूपमा अघि सारिएको हो।

संस्थाका कार्यकारी निर्देशक हरिराज चौधरीले महिला–मैत्री र समावेशी आधारमा निर्माण गरिएको आवास परियोजना दिगो पुनर्स्थापनाको “महत्त्वपूर्ण उपलब्धि” भएको टिप्पणी गरेका छन्। “स्थानीय सरकार, समुदाय र अन्तर्राष्ट्रिय साझेदारको सहकार्यका कारण परियोजना प्रभावकारी ढंगले कार्यान्वयन गर्न सफल भएका छौँ,” उनले विज्ञप्तिमा उल्लेख गरेका छन्।

आवास हस्तान्तरणसँगै लाभग्राही परिवारलाई खाद्यान्न, लत्ता–कपडा तथा घर उपयोगका सामग्री पनि वितरण गरिनेछ।

औपचारिक कार्यक्रम मंसिर ९ गते बिहान ११ बजे दुहबी–३ को सामुदायिक भवनमा आयोजना हुनेछ। कार्यक्रममा प्रदेश तथा स्थानीय सरकारका प्रतिनिधि, सरोकारवाला निकाय र सामुदायिक अगुवाहरू सहभागी हुने फर्वाड नेपालले जनाएको छ।

संस्थाले आगामी दिनमा विपद् व्यवस्थापन, महिला नेतृत्व विकास र सामुदायिक सशक्तीकरणका कार्यक्रमलाई अझ विस्तार गर्ने प्रतिबद्धता समेत व्यक्त गरेको छ।

 

 

 

 

 

Tags: आवासबाढीपीडितकाहस्तान्तरण

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

हाम्राे बारे

…

हाम्राे टिम

प्रकाशक : उषा कुमारी /मधु कुमारी (रञ्जना)
सम्पादक : रनिधर कुमार यादव
सह-सम्पादक : स्वस्तिका चौधरी
सम्वाददाता : अर्जुन चौधरी
बजार प्रतिनिधिः पार्वती राजधामी
कानुनी सल्लाहकार : बसन्त सुवेदी, शुखदेव चौधरी
कम्प्युटर ले-आउट : मनिस चौधरी

सम्पर्क

प्रधान कार्यालय : इनरुवा नगरपालिका वडा नं २ सुनसरी
इमेलः
मोवाइल नम्बर : ९८१४३२३२६८ /९८०५३२४२४५/ ९७६९७१६८३२

© SmartCity DailyPvt. Ltd 2025 ।। Website Design By : IT Karkhana

No Result
View All Result
  • मुख्य समाचार
  • समाचार
  • राजनीति
  • अर्थ
  • खेलकुद

© SmartCity DailyPvt. Ltd 2025 ।। Website Design By : IT Karkhana