smartcitydaily@gmail.com
Smartcity Daily
e-paper
  • मुख्य समाचार
  • समाचार
  • राजनीति
  • अर्थ
  • खेलकुद
No Result
View All Result
  • मुख्य समाचार
  • समाचार
  • राजनीति
  • अर्थ
  • खेलकुद
No Result
View All Result
Smartcity Daily
No Result
View All Result

विराटनगरमा जेन–जी युवाद्वारा महेश बस्नेत सवार गाडीमा रातो रङ प्रहार

by स्मार्ट सिटि दैनिक
५ महिना अगाडि
in राजनीति, समाचार
विराटनगरमा जेन–जी युवाद्वारा महेश बस्नेत सवार गाडीमा रातो रङ प्रहार

विराटनगर । आइतबार बिहान विराटनगर विमानस्थल क्षेत्र तनावग्रस्त बनेको थियो, जब एमाले नेता महेश बस्नेत सवार गाडीमा जेन–जी युवाहरूले अचानक रातो रङ छ्यापे। बस्नेत युवा संघको कार्यक्रममा सहभागी हुन विराटनगरबाट इटहरीतर्फ जाँदै गर्दा बेलुनमा राखिएको रङ गाडीमा प्रहार गरिएको प्रहरीले जनाएको छ।

बस्नेतले घटनापछि सञ्चारमाध्यममार्फत दुई युवाले आफूसँगै जाँदै गरेको गाडीलाई लक्ष्य बनाई रङ प्रहार गरेको बताएका छन्।
घटनास्थलमै परिचालनमा रहेको प्रहरीले तत्काल दुई युवालाई नियन्त्रणमा लिएको छ। पक्राउ पर्नेमा विराटनगर–२ का १९ वर्षीय अर्पित कुँवर र विराटनगर–१ का २५ वर्षीय संजोग गौतम रहेका छन्।

प्रहरीले दुवैजनामाथि आवश्यक अनुसन्धान अघि बढाएको जनाएको छ।
बस्नेत सहभागी हुन लागेको कार्यक्रम युवासँग सम्बन्धित थियो, जसका लागि उनी आइतबार बिहानै विमानस्थलबाट बाहिरिएका थिए।

 

Tags: गाडीमाजेन–जी युवाद्वारारङ प्रहार

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

हाम्राे बारे

…

हाम्राे टिम

प्रकाशक : उषा कुमारी /मधु कुमारी (रञ्जना)
सम्पादक : रनिधर कुमार यादव
सह-सम्पादक : स्वस्तिका चौधरी
सम्वाददाता : अर्जुन चौधरी
बजार प्रतिनिधिः पार्वती राजधामी
कानुनी सल्लाहकार : बसन्त सुवेदी, शुखदेव चौधरी
कम्प्युटर ले-आउट : मनिस चौधरी

सम्पर्क

प्रधान कार्यालय : इनरुवा नगरपालिका वडा नं २ सुनसरी
इमेलः
मोवाइल नम्बर : ९८१४३२३२६८ /९८०५३२४२४५/ ९७६९७१६८३२

© SmartCity DailyPvt. Ltd 2025 ।। Website Design By : IT Karkhana

No Result
View All Result
  • मुख्य समाचार
  • समाचार
  • राजनीति
  • अर्थ
  • खेलकुद

© SmartCity DailyPvt. Ltd 2025 ।। Website Design By : IT Karkhana