मोरङ — मङ्सिर ५ गतेसम्म मोरङमा नयाँ मतदाता दर्ताको संख्या उल्लेखनीय रूपमा बढेको छ। जिल्ला भित्र कुल ४४ हजार ३११ जना नयाँ मतदाताको नाम दर्ता भएको प्रदेश निर्वाचन कार्यालयले जनाएको छ।
कार्यालयका अनुसार १६ हजार ४१३ जनाले प्रत्यक्ष रूपमा प्रदेश निर्वाचन कार्यालयमार्फत नाम दर्ता गराएका छन् भने २७ हजार ९८९ जनाले राष्ट्रिय परिचयपत्र प्रणालीमार्फत आफ्नो नाम समावेश गरेका हुन्।
यससँगै मोरङ जिल्लामा मतदाताको कुल संख्या ७ लाख ८६ हजार ६६ पुगेको छ। यसअघि जिल्लामा ७ लाख ४१ हजार ७५५ मतदाता रहेका थिए।
मतदाता दर्तामा देखिएको वृद्धि आगामी निर्वाचन तयारी र नागरिक सहभागिताको सूचकका रूपमा लिइएको छ।
