विराटनगर — नेपालमा अध्ययनरत तथा विभिन्न उद्योग–व्यवसायमा संलग्न भारतीय नागरिकहरूको विवरण दर्ता तथा नवीकरण गर्ने प्रक्रिया विराटनगरमा सम्पन्न भएको छ। मोरङ उद्योग व्यापार संघले भारतीय दूतावासको सहकार्यमा शनिबारदेखि सञ्चालन गरेको दुई दिने रजिष्ट्रेशन क्याम्प मार्फत बसोबास गरिरहेका अधिकांश भारतीय नागरिकहरूको विवरण अद्यावधिक गरिएको हो।
दर्ता क्याम्पमा सहभागी भारतीय नागरिकहरूले आवश्यक कागजात पेश गरी नयाँ दर्ता तथा नवीकरण प्रक्रियामा सहभागी भएका थिए। दर्ता सम्पन्न गरेका व्यक्तिहरूलाई मोरङ उद्योग व्यापार संघका अध्यक्ष अनुपम राठी र भारतीय दूतावासका प्रतिनिधि आरपी सिंहले संयुक्त रूपमा दर्ता प्रमाणपत्र प्रदान गरेका छन्।
संघका अनुसार दर्ता क्याम्पले भारत–नेपालबीचको औद्योगिक, व्यावसायिक तथा सामाजिक सम्बन्धको मजबूतीमा सहयोग पुर्याउने अपेक्षा गरिएको छ।
