smartcitydaily@gmail.com
Smartcity Daily
e-paper
  • मुख्य समाचार
  • समाचार
  • राजनीति
  • अर्थ
  • खेलकुद
No Result
View All Result
  • मुख्य समाचार
  • समाचार
  • राजनीति
  • अर्थ
  • खेलकुद
No Result
View All Result
Smartcity Daily
No Result
View All Result

प्रशासनिक टोलीको समन्वयमा गतिशील भोक्राहा नरसिंह, विकासमा देखियो गुणात्मक फड्को

by स्मार्ट सिटि दैनिक
५ महिना अगाडि
in समाचार
प्रशासनिक टोलीको समन्वयमा गतिशील भोक्राहा नरसिंह, विकासमा देखियो गुणात्मक फड्को

सुनसरी — पश्चिमी सुनसरीको भोक्राहा नरसिंह गाउँपालिका पछिल्ला आर्थिक वर्षहरूमा सेवा प्रवाह, वित्तीय पारदर्शिता र विकास निर्माणमा देखिएको तीव्र गतिका कारण स्थानीय तहको ‘उदाउँदो मोडेल’का रूपमा चर्चामा छ। जनप्रतिनिधि र प्रशासनिक नेतृत्वबीचको समन्वय, निरन्तर अनुगमन र नीति–पूर्वाधारमा देखिएको स्पष्ट दिशा—यिनै पक्षहरूले पालिकालाई गतिशील बनाइरहेको विश्लेषकहरूको मूल्यांकन गरेको छ।

गाउँपालिका अध्यक्ष अजमल अख्तर आजाद, प्रमुख प्रशासकीय अधिकृत विनोद कुमार अधिकारी, र लेखा अधिकृत दिपेन्द्र चौधरीबीचको कार्यगत एकताले पालिकामा योजनाहरू समयमै अघि बढ्ने वातावरण निर्माण गरेको छ। अध्यक्ष आजाद भन्छन्— “जनताको प्राथमिकता सुनेर योजना बनाएका छौं। शिक्षा, स्वास्थ्य, खानेपानी र कृषि क्षेत्रमा परिणाम देखिने खालका कार्यक्रम अघि बढाएका छौं।”

यता प्रमुख प्रशासकीय अधिकृत अधिकारीको नेतृत्वमा वडा कार्यालय, विद्यालय र स्वास्थ्य सेवामा नियमित र आकस्मिक अनुगमन हुँदै आएको छ। अधिकारीका अनुसार— “सेवा छिटो, सरल र पारदर्शी बनाउन कर्मचारीलाई स्पष्ट निर्देशन दिइएको छ। अनियमितता रोक्न निरन्तर निगरानी जारी छ।”
स्थानीयहरूका भनाइमा, अनुगमन बढेपछि सेवा ढिलाइ, फाइल थन्किने प्रवृत्ति र समन्वय अभावजस्ता समस्या घटेका छन्।
त्यसैगरी वित्तीय व्यवस्थापनमा लेखा अधिकृत दिपेन्द्र चौधरीको प्रणालीगत सुधारले पालिकामा सामाजिक सुरक्षा भत्ताको डिजिटल हस्तान्तरण सुचारु भएको छ। चौधरी भन्छन्— “लाभग्राहीको बैंक खातामा सिधै रकम जम्मा भएपछि पारदर्शिता, सहजता र विश्वास बढेको छ।”
बेरुजी फर्चोट, अनुगमन र कागजी झन्झट हटेपछि विकास योजनाहरू समयमै कार्यान्वयन हुन थालेका छन्।
त्यस्तै सडक –बाटो निर्माण, खानेपानी योजनाहरू, विद्यालय तथा स्वास्थ्य संरचनाको विस्तार, कृषि प्रवर्द्धन, रोजगारी कार्यक्रम र डिजिटल अभिलेखीकरण— यी सबै क्षेत्रमा भौतप्रतिनिधि र प्रशासनको संयुक्त नेतृत्वले दिगो विकासको आधार तयार गर्दैछ।

Tags: गुणात्मकभोक्राहा नरसिंहविकासमा

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

हाम्राे बारे

…

हाम्राे टिम

प्रकाशक : उषा कुमारी /मधु कुमारी (रञ्जना)
सम्पादक : रनिधर कुमार यादव
सह-सम्पादक : स्वस्तिका चौधरी
सम्वाददाता : अर्जुन चौधरी
बजार प्रतिनिधिः पार्वती राजधामी
कानुनी सल्लाहकार : बसन्त सुवेदी, शुखदेव चौधरी
कम्प्युटर ले-आउट : मनिस चौधरी

सम्पर्क

प्रधान कार्यालय : इनरुवा नगरपालिका वडा नं २ सुनसरी
इमेलः
मोवाइल नम्बर : ९८१४३२३२६८ /९८०५३२४२४५/ ९७६९७१६८३२

© SmartCity DailyPvt. Ltd 2025 ।। Website Design By : IT Karkhana

No Result
View All Result
  • मुख्य समाचार
  • समाचार
  • राजनीति
  • अर्थ
  • खेलकुद

© SmartCity DailyPvt. Ltd 2025 ।। Website Design By : IT Karkhana