smartcitydaily@gmail.com
Smartcity Daily
e-paper
  • मुख्य समाचार
  • समाचार
  • राजनीति
  • अर्थ
  • खेलकुद
No Result
View All Result
  • मुख्य समाचार
  • समाचार
  • राजनीति
  • अर्थ
  • खेलकुद
No Result
View All Result
Smartcity Daily
No Result
View All Result

दुहबीको एशियन लेदरमा अनिश्चितकालीन तालाबन्दी, स्थानीय–उद्योगीबीच तनाव

by स्मार्ट सिटि दैनिक
५ महिना अगाडि
in समाचार
दुहबीको एशियन लेदरमा अनिश्चितकालीन तालाबन्दी, स्थानीय–उद्योगीबीच तनाव

इनरुवा— सुनसरीको दुहबी नगरपालिका–६ स्थित एशियन लेदर इन्डस्ट्रिजमा अनिश्चितकालीन तालाबन्दीपछि स्थानीयवासी र उद्योगीबीचको विवाद थप गम्भीर बन्दै गएको छ। वातावरणीय प्रदूषणका कारण वर्षौँदेखि पीडित स्थानीयले कात्तिक २६ गतेदेखि उद्योगमा तालाबन्दी गर्दै विरोध चर्काए भने, उद्योग पुनः सञ्चालनमा आएपछि मंसिर २ मा स्थलअनुगमनका क्रममा झडपसमेत हुने स्थिति बनेको हो।

छाला फ्याक्ट्रीबाट फैलिने दुर्गन्ध, फोहोर व्यवस्थापनको कमजोरी र पानीका स्रोतहरूमा परेको असरका कारण स्थानीयस्तरमा असन्तोष बढ्दै गएपछि छाला फ्याक्ट्री पीडित संघर्ष समितिले तालाबन्दी थालेको हो।

यसअघि इन्सेक कोशी प्रदेशले स्वच्छ वातावरणमा बाँच्न पाउने मौलिक हक उल्लंघन भएको भन्दै असार ८ मा एशियन लेदर इन्डस्ट्रिज र प्रदेश सरकारविरुद्ध उच्च अदालत विराटनगरमा परमादेशको रिट दायर गरेको थियो। उद्योगले वातावरणीय प्रभाव मूल्यांकन (EIA) को प्रभावकारी कार्यान्वयन नगरेको र प्रदूषण नियन्त्रणको कानुनी प्रक्रिया नअपनाएको आरोपसहित मुद्दा दर्ता गरिएको हो।

रिटको सुनुवाइ असोज २७ मा तोकिएको थियो। तर भदौ २३–२४ मा जेनजी आन्दोलनका क्रममा उच्च अदालत विराटनगरमा भएको आगजनीले अभिलेख जलेपछि मुद्दा अघि बढ्न नसकेको अदालत स्रोतले जनाएको छ।

यता मंसिर २ मा जिल्ला प्रशासन कार्यालय सुनसरी, प्रदेश पर्यटन–वन–वातावरण मन्त्रालय र दुहबी नगरपालिकाको संयुक्त अनुगमन टोली उद्योग पुगेपछि स्थानीयले टायर बालेर विरोध गरे, जसले केहीबेर तनावपूर्ण माहोल सिर्जना गर्यो।

संघर्ष समितिका सचिव वासुदेव मण्डलले मुद्दा अदालतमै विचाराधीन हुँदा प्रदेश सरकारको वातावरण शाखाले IEE प्रतिवेदन स्वीकृत गर्नु विवादास्पद भएको बताउँदै उद्योग चल्न नदिने चेतावनी दिएका छन्।

स्थानीय वर्षौँदेखि एशियन लेदर र युनाइटेड टेनेरिज उद्योगले दुहबी क्षेत्रलाई प्रदूषणको थलो बनाएको दाबी गर्दै आएका छन्। संविधानको धारा ३० अनुसार स्वच्छ र स्वस्थ वातावरणमा बाँच्न पाउने हक सुनिश्चित भए पनि त्यसको उल्लंघन भइरहेको स्थानीयको आरोप छ।

उद्योग–स्थानीय द्वन्द्व चर्किँदै जाँदा अब समाधानका लागि प्रशासन, स्थानीय सरकार र अदालतको कदम कत्तिको प्रभावकारी हुने हो, सबैको ध्यान त्यहीँ केन्द्रित भएको छ।

 

 

 

 

 

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

हाम्राे बारे

…

हाम्राे टिम

प्रकाशक : उषा कुमारी /मधु कुमारी (रञ्जना)
सम्पादक : रनिधर कुमार यादव
सह-सम्पादक : स्वस्तिका चौधरी
सम्वाददाता : अर्जुन चौधरी
बजार प्रतिनिधिः पार्वती राजधामी
कानुनी सल्लाहकार : बसन्त सुवेदी, शुखदेव चौधरी
कम्प्युटर ले-आउट : मनिस चौधरी

सम्पर्क

प्रधान कार्यालय : इनरुवा नगरपालिका वडा नं २ सुनसरी
इमेलः
मोवाइल नम्बर : ९८१४३२३२६८ /९८०५३२४२४५/ ९७६९७१६८३२

© SmartCity DailyPvt. Ltd 2025 ।। Website Design By : IT Karkhana

No Result
View All Result
  • मुख्य समाचार
  • समाचार
  • राजनीति
  • अर्थ
  • खेलकुद

© SmartCity DailyPvt. Ltd 2025 ।। Website Design By : IT Karkhana