smartcitydaily@gmail.com
Smartcity Daily
e-paper
  • मुख्य समाचार
  • समाचार
  • राजनीति
  • अर्थ
  • खेलकुद
No Result
View All Result
  • मुख्य समाचार
  • समाचार
  • राजनीति
  • अर्थ
  • खेलकुद
No Result
View All Result
Smartcity Daily
No Result
View All Result

 पहिलोपटक बाला चतुर्दशी  १०८ शिवलिङ्ग परिसरमा शतबिज छर्न तयारी 

by स्मार्ट सिटि दैनिक
५ महिना अगाडि
in समाचार
 पहिलोपटक बाला चतुर्दशी  १०८ शिवलिङ्ग परिसरमा शतबिज छर्न तयारी 

इटहरी । धार्मिक तथा सांस्कृतिक महत्त्व बोकेको इटहरी–२ आयुर्वेदिक टोलस्थित त्रिनेत्र अध्यात्म चिन्तन केन्द्र अन्तर्गत निर्माणाधीन १०८ शिवलिङ्ग परिसरमा यस वर्ष पहिलोपटक बाला चतुर्दशी पर्व भव्य रूपमा मनाइने भएको छ। आगामी मंसिर ३ गते हुने शतबिज छर्ने प्रमुख कर्मका लागि सबै तयारी अन्तिम चरणमा पुगेको आयोजक समितिले जनाएको छ।

पहिले मोक्षको कामना लिएर टाढासम्म धाउनुपर्ने स्थानीय श्रद्धालुलाई अब घरमै सुविधा मिल्ने भएको छ। केन्द्रकी अध्यक्ष सुभद्रा प्याकुरेलका अनुसार नयाँ त्रिनेत्र मोक्षधाममा श्रद्धालुहरूले दिवंगत पितृहरूको चिरशान्तिका लागि सहज रूपमा शतबिज छर्न सक्ने व्यवस्था मिलाइएको छ।

मंसिर २ गते साँझ दीप प्रज्वलन, भजन–कीर्तन, जाग्राम तथा कथा वाचनसँगै कार्यक्रमको औपचारिकता सुरु हुनेछ। भोलिपल्ट मंसिर ३ गते बिहान ३ बजेदेखि शतबिज छर्ने विधि आरम्भ हुनेछ। चतुर्दशी अघिल्लो दिन महादीपदान गरी रातभर बस्ने परम्परा, बिहान स्नानपछि शिवलिङ्ग दर्शन तथा शतबिज अर्पण गर्ने धार्मिक विधि यसपालि परिसरमै सम्पन्न हुनेछ।

श्रद्धालुको ठूलो भीड रहने अनुमानसहित बस्न, खान र स्नान गर्ने सुविधा व्यवस्थापन गरिएको छ। कार्यक्रम परिसर तथा वरपर सुरक्षामा पनि कडाइ अपनाइएको आयोजकले जनाएको छ।

यो क्षेत्रलाई आगामी दिनमा धार्मिक–पर्यटकीय गन्तव्यका रूपमा विकसित गर्न प्रदेश सरकार, प्रदेश पर्यटन मन्त्रालय तथा स्थानीय तहसँग सहकार्य गरेर योजना अघि बढाइरहेको अध्यक्ष प्याकुरेलले बताइन्।

गत भदौ १९ गते कोशी प्रदेशसभा सदस्य भीम पराजुलीले १०८ शिवलिङ्गको शिलान्यास गरेका थिए। त्यसपछि त्रिनेत्र अध्यात्म चिन्तन केन्द्रले कार्तिक १४ देखि २१ गतेसम्म आयोजित श्रीमद्भागवत जीवनदर्शन सत्सङ्गमार्फत १०८ शिवलिङ्गको प्राण प्रतिष्ठा सम्पन्न गरेको थियो।

यससँगै इटहरी–२ को त्रिनेत्र परिसर कोशी प्रदेशको नयाँ धार्मिक आकर्षणका रूपमा पहिचान बन्दै गएको छ।

 

 

 

 

 

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

हाम्राे बारे

…

हाम्राे टिम

प्रकाशक : उषा कुमारी /मधु कुमारी (रञ्जना)
सम्पादक : रनिधर कुमार यादव
सह-सम्पादक : स्वस्तिका चौधरी
सम्वाददाता : अर्जुन चौधरी
बजार प्रतिनिधिः पार्वती राजधामी
कानुनी सल्लाहकार : बसन्त सुवेदी, शुखदेव चौधरी
कम्प्युटर ले-आउट : मनिस चौधरी

सम्पर्क

प्रधान कार्यालय : इनरुवा नगरपालिका वडा नं २ सुनसरी
इमेलः
मोवाइल नम्बर : ९८१४३२३२६८ /९८०५३२४२४५/ ९७६९७१६८३२

© SmartCity DailyPvt. Ltd 2025 ।। Website Design By : IT Karkhana

No Result
View All Result
  • मुख्य समाचार
  • समाचार
  • राजनीति
  • अर्थ
  • खेलकुद

© SmartCity DailyPvt. Ltd 2025 ।। Website Design By : IT Karkhana