smartcitydaily@gmail.com
Smartcity Daily
e-paper
  • मुख्य समाचार
  • समाचार
  • राजनीति
  • अर्थ
  • खेलकुद
No Result
View All Result
  • मुख्य समाचार
  • समाचार
  • राजनीति
  • अर्थ
  • खेलकुद
No Result
View All Result
Smartcity Daily
No Result
View All Result

विराटनगरमा व्यापारी बब्बु अग्रवालको घर–पसलमा पुनः प्रहरीले छापा,

by स्मार्ट सिटि दैनिक
५ महिना अगाडि
in समाचार
विराटनगरमा व्यापारी बब्बु अग्रवालको घर–पसलमा पुनः प्रहरीले छापा,

विराटनगर । भारतबाट कपडा भित्र्याएर विराटनगरमा बिक्री गर्दै आएका व्यापारी बब्बु अग्रवालको घर–पसलमा मंगलबार पुनः प्रहरीको विशेष छापा परेको छ। काठमाडौँ पठाउन तयारी अवस्थामा राखिएको कपडा विराटनगर विमानस्थलमा नियन्त्रणमा लिएपछि जिल्ला प्रहरी कार्यालय मोरङबाट खटिएको टोलीले बरगाछीस्थित पसल तथा गणेशचोकको निवास–गोदाममा पनि एकैसाथ छापामारी गरेको हो।

प्रहरीका अनुसार विमानस्थलमा जाँच गरिएको दुई बोरा सामानबाट ८९ थान जाडोमा लगाइने कुर्ता–सुरुवाल बरामद भएको थियो। त्यसपछि गरिएको थप खोजीमा अग्रवालको गोदाम तथा घरबाट ‘उन्यू’ ब्रान्डका ४५ थान कपडा समेत फेला पारिएको मोरङ प्रहरीले जनाएको छ।

अग्रवाललाई यसअघि पनि कपडा तस्करी कारोबारमा संलग्न रहेको आरोप लाग्दै आएको छ। वर्षेनी जाडो सुरु भएलगत्तै उनको पसलमा प्रहरी छापा पर्नु, विमानस्थलमा पटक–पटक सामान रोकिनु तथा भन्सार–कागजको नाममा तस्करीका कपडा बेचबिखन गरिएको आशंकाले उनी ‘पुराना तस्करी कारोबारी’का रूपमा पहिचान हुँदै आएका छन्। प्रहरी स्रोतका अनुसार उनले भन्सारबाट ल्याइने वैध कपडा र भारतबाट क्यारिङमार्फत भित्र्याइने अवैध कपडा एउटै ब्रान्डमा मिलाएर बील काट्ने गरेका छन्, जसको आधारमा तस्करीका सामान काठमाडौँसम्म सप्लाई हुने गरेको छ।

विराटनगर–५ स्थित ‘माँ दुर्गा इम्पेरियल’ उनको मुख्य पसल हो भने विराटनगर–४ गणेशचोकमा घर, गोदाम र थप दुई पसल सञ्चालनमा छन्। बरगाछी क्षेत्रमा पनि छुट्टै गोदाम रहेको प्रहरीको भनाइ छ।

छापामारी सुरु भएपछि अग्रवाल भने फरार रहेको प्रहरीले जानकारी दिएको छ। विमानस्थलबाट प्रहरी घर–पसलतर्फ लागेपछि उनलाई अग्रिम सूचना पुगेको शंका प्रहरीले व्यक्त गरेको छ।

अब बरामद कपडा, प्रयोग गरिएको गाडी र कागजातका आधारमा तस्करी नेटवर्कबारे थप अनुसन्धान भइरहेको प्रहरी कार्यालय मोरङले जनाएको छ। रानी नाकामा सशस्त्र प्रहरीको कडाइ बढेपछि कपडा तस्करी हालका वर्षमा बर्जुतर्फ केन्द्रित हुँदै गएको सुरक्षा निकायहरूको मूल्यांकन छ।

 

 

 

 

 

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

हाम्राे बारे

…

हाम्राे टिम

प्रकाशक : उषा कुमारी /मधु कुमारी (रञ्जना)
सम्पादक : रनिधर कुमार यादव
सह-सम्पादक : स्वस्तिका चौधरी
सम्वाददाता : अर्जुन चौधरी
बजार प्रतिनिधिः पार्वती राजधामी
कानुनी सल्लाहकार : बसन्त सुवेदी, शुखदेव चौधरी
कम्प्युटर ले-आउट : मनिस चौधरी

सम्पर्क

प्रधान कार्यालय : इनरुवा नगरपालिका वडा नं २ सुनसरी
इमेलः
मोवाइल नम्बर : ९८१४३२३२६८ /९८०५३२४२४५/ ९७६९७१६८३२

© SmartCity DailyPvt. Ltd 2025 ।। Website Design By : IT Karkhana

No Result
View All Result
  • मुख्य समाचार
  • समाचार
  • राजनीति
  • अर्थ
  • खेलकुद

© SmartCity DailyPvt. Ltd 2025 ।। Website Design By : IT Karkhana