smartcitydaily@gmail.com
Smartcity Daily
e-paper
  • मुख्य समाचार
  • समाचार
  • राजनीति
  • अर्थ
  • खेलकुद
No Result
View All Result
  • मुख्य समाचार
  • समाचार
  • राजनीति
  • अर्थ
  • खेलकुद
No Result
View All Result
Smartcity Daily
No Result
View All Result

सुनसरीका दुई स्थानबाट २९३ केजी गाँजा बरामद, दुई जना पक्राउ

by स्मार्ट सिटि दैनिक
५ महिना अगाडि
in समाचार
सुनसरीका दुई स्थानबाट २९३ केजी गाँजा बरामद, दुई जना पक्राउ

धरान । सुनसरी जिल्लाका दुई फरक स्थानमा प्रहरीले ठूलो परिमाणको गाँजा बरामद गरेको छ। कोशी प्रदेश प्रहरी कार्यालय, लागूऔषध नियन्त्रण ब्यूरो र स्थानीय प्रहरीको संयुक्त टोलीले विशेष सूचनाका आधारमा शनिबार रातिदेखि आइतबार बिहानसम्म गरिएको अपरेसनमार्फत करिब २९३ केजी गाँजा नियन्त्रणमा लिएको हो।

पहिलो घटना धरान उपमहानगरपालिका–१७ र २० को सिमाना नजिक चुम्पुले खोलाको जंगल क्षेत्रमा भएको हो। शनिबार राति ११ः१० बजेतिर भरियाहरूको समूह गाँजा ओसारपसार गरिरहेको भन्ने गोप्य सूचना पाएपछि प्रदेश प्रहरी कार्यालय विराटनगरबाट खटिएको टोली सो स्थानमा पुगेको थियो। प्रहरी टोली देख्नेबित्तिकै करिब १०–११ जना भरियाहरू जंगलतर्फ फरार भएका थिए। उनीहरूले फालेका १० बोरामा २६८ केजी गाँजा फेला परेको प्रहरीले जनाएको छ। बरामद गरिएको गाँजा इलाका प्रहरी कार्यालय धरानमा राखी फरार समूहको पहिचान तथा खोजी कार्य तीव्र पारिएको छ।

दोस्रो घटना इटहरी–१३ सोमबारेमा भएको हो। लागूऔषध कारोबार भइरहेको विशेष सूचनाका आधारमा प्रदेश लागूऔषध नियन्त्रण ब्यूरो विराटनगर र प्रहरी चौकी खनारबाट संयुक्त टोली खटिएको थियो। गणेश पेट्रोल पम्प अगाडि शंकास्पद रूपमा बोरासहित उभिएका दुई जनालाई चेकजाँच गर्दा उनीहरूको साथबाट २५ केजी गाँजा बरामद भएको प्रहरीको भनाइ छ। पक्राउ पर्नेमा इटहरी–१३ का २४ वर्षीय आकाश पटेल र २७ वर्षीय रवि सरदार छन्। दुवै जनालाई नियन्त्रणमा लिएर इलाका प्रहरी कार्यालय इटहरीमा थप अनुसन्धान भइरहेको छ।

प्रहरीले धनकुटा र सो आसपासका पहाडी क्षेत्रबाट भरियामार्फत गाँजा धरान हुँदै तराईका विभिन्न जिल्ला र भारतसम्म तस्करी हुँदै आएको प्रारम्भिक अनुसन्धानले देखाएको जनाएको छ। यस क्रममा प्रहरीले सूचना संकलन, निगरानी तथा रात्री गस्ती अझ कडा बनाएको बताएको छ।

दुवै घटनाबारे थप अनुसन्धान जारी रहेको सुनसरी प्रहरीले जनाएको छ।

 

 

 

 

 

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

हाम्राे बारे

…

हाम्राे टिम

प्रकाशक : उषा कुमारी /मधु कुमारी (रञ्जना)
सम्पादक : रनिधर कुमार यादव
सह-सम्पादक : स्वस्तिका चौधरी
सम्वाददाता : अर्जुन चौधरी
बजार प्रतिनिधिः पार्वती राजधामी
कानुनी सल्लाहकार : बसन्त सुवेदी, शुखदेव चौधरी
कम्प्युटर ले-आउट : मनिस चौधरी

सम्पर्क

प्रधान कार्यालय : इनरुवा नगरपालिका वडा नं २ सुनसरी
इमेलः
मोवाइल नम्बर : ९८१४३२३२६८ /९८०५३२४२४५/ ९७६९७१६८३२

© SmartCity DailyPvt. Ltd 2025 ।। Website Design By : IT Karkhana

No Result
View All Result
  • मुख्य समाचार
  • समाचार
  • राजनीति
  • अर्थ
  • खेलकुद

© SmartCity DailyPvt. Ltd 2025 ।। Website Design By : IT Karkhana