smartcitydaily@gmail.com
Smartcity Daily
e-paper
  • मुख्य समाचार
  • समाचार
  • राजनीति
  • अर्थ
  • खेलकुद
No Result
View All Result
  • मुख्य समाचार
  • समाचार
  • राजनीति
  • अर्थ
  • खेलकुद
No Result
View All Result
Smartcity Daily
No Result
View All Result

कोशी अस्पतालमा भवन निर्माण ढिलाइ, दैनिक सेवा गम्भीर रूपमा प्रभावित

by स्मार्ट सिटि दैनिक
५ महिना अगाडि
in समाचार
कोशी अस्पतालमा भवन निर्माण ढिलाइ, दैनिक सेवा गम्भीर रूपमा प्रभावित

विराटनगर । कोशी अस्पताल विराटनगरमा एकैपटक निर्माण भइरहेको दुई ठूला भवन समयमै नसकिँदा अस्पतालको नियमित सेवा ठूलो संकटमा परेको छ। ५ सय शैयाको मेडिकल भवन तथा २५९ शैयाको आईसीयू–सर्जरी–कार्डिक–न्युरो–नेफ्रोलोजी भवन निर्माणमा देखिएको निरन्तर ढिलाइले उपचारमा आउने हजारौँ बिरामी थप समस्यामा परेका छन्।

संघीय सरकारको बहुवर्षीय योजना अन्तर्गत केसी ग्रुपले निर्माण गर्दै आएको ५ सय शैयाको मेडिकल भवनको सम्झौता २०७९ पुस १३ मा भएको थियो। २०८२ पुस १३ भित्र निर्माण सक्नुपर्ने भए पनि हालसम्म भौतिक प्रगति २५ प्रतिशत र वित्तीय प्रगति २९ प्रतिशत मात्रै पुगेको छ। करसहित २ अर्ब ४५ करोड ९५ लाख ८० हजार ९२० रुपैयाँ लागतमा निर्माण भइरहेको यो भवन फेडरल शहरी विकास तथा भवन निर्माण कार्यालय विराटनगरको मातहतमा छ। कार्यालय प्रमुख सुरेन्द्र कुमार साहका अनुसार निर्माण स्थल खाली गराउनै करिब एक वर्ष लागेकाले ढिलाइ भएको हो। उनले हाल काम तीव्र गतिमा अघि बढिरहेको बताउँदै म्याद सकिएपछि थपने प्रक्रिया अघि बढाइने बताए।

यता २५९ शैयाको आईसीयू–सर्जरी–कार्डिक–न्युरो–नेफ्रोलोजी भवन निर्माणमा झन् बढी लापरबाही देखिएको छ। २०७८ असार ३० मा सम्झौता भएको यो भवनको दोस्रो म्याद २०८० कात्तिक ३० सम्म थपिएको भए पनि भौतिक प्रगति ६० प्रतिशतमै रोकिएको छ। कार्यालय प्रमुख साहका अनुसार म्याद सकिएलगत्तै कम्पनीलाई पेनाल्टीसहित दबाबमा राखेर काम अगाडि बढाइनेछ, आवश्यक परे ठेक्का रद्दसमेत गर्न सकिने चेतावनी उनले दिए।

भवन निर्माण ढिलाइले अस्पतालको सेवा व्यवस्थापन अस्तव्यस्त बन्दै गएको कोशी अस्पतालकी मेडिकल सुपरिटेन्डेन्ट डा. रुणा झा बताउँछिन्। “दैनिक हजारौँ बिरामी आउँछन्, तर टिकट काउंटर राख्ने ठाउँसम्म छैन,” उनले भनिन्।

दुवै भवन समयमै बनेमा अस्पतालको सेवा स्तरोन्नति हुने भए पनि निरन्तर ढिलाइका कारण बिरामीहरूले अझै केही वर्ष अव्यवस्थित अवस्थामै सेवा लिनुपर्ने देखिन्छ।

 

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

हाम्राे बारे

…

हाम्राे टिम

प्रकाशक : उषा कुमारी /मधु कुमारी (रञ्जना)
सम्पादक : रनिधर कुमार यादव
सह-सम्पादक : स्वस्तिका चौधरी
सम्वाददाता : अर्जुन चौधरी
बजार प्रतिनिधिः पार्वती राजधामी
कानुनी सल्लाहकार : बसन्त सुवेदी, शुखदेव चौधरी
कम्प्युटर ले-आउट : मनिस चौधरी

सम्पर्क

प्रधान कार्यालय : इनरुवा नगरपालिका वडा नं २ सुनसरी
इमेलः
मोवाइल नम्बर : ९८१४३२३२६८ /९८०५३२४२४५/ ९७६९७१६८३२

© SmartCity DailyPvt. Ltd 2025 ।। Website Design By : IT Karkhana

No Result
View All Result
  • मुख्य समाचार
  • समाचार
  • राजनीति
  • अर्थ
  • खेलकुद

© SmartCity DailyPvt. Ltd 2025 ।। Website Design By : IT Karkhana