smartcitydaily@gmail.com
Smartcity Daily
e-paper
  • मुख्य समाचार
  • समाचार
  • राजनीति
  • अर्थ
  • खेलकुद
No Result
View All Result
  • मुख्य समाचार
  • समाचार
  • राजनीति
  • अर्थ
  • खेलकुद
No Result
View All Result
Smartcity Daily
No Result
View All Result

इनरुवा–६ का वडाध्यक्ष थापा क्षतिपूर्ति मुद्दाका लागि प्रशासनमा पेश गरिँदै

by स्मार्ट सिटि दैनिक
५ महिना अगाडि
in समाचार
इनरुवा–६ का वडाध्यक्ष थापा क्षतिपूर्ति मुद्दाका लागि प्रशासनमा पेश गरिँदै

इनरुवा । सवारी दुर्घटनासम्बन्धी क्षतिपूर्ति नदिएको आरोपमा इनरुवा नगरपालिकाका प्रवक्तासमेत रहेका वडा नं. ६ का वडाअध्यक्ष सुमन थापा आज जिल्ला प्रशासन कार्यालय सुनसरीमा हाजिर गराइने भएको छ।

सुनसरी जिल्ला अदालतले सवारी अङ्गभङ्ग मुद्दामा २ लाख रुपैयाँ धरौटी मागेपछि ११ दिनपछि इलाका प्रहरी कार्यालय पकलीबाट थापा रिहा भएका थिए। तर, दुर्घटनापीडितलाई क्षतिपूर्ति नढुकेका कारण उनीविरुद्ध थप प्रक्रिया अघि बढ्दै सरकारी वकिलको कार्यालयले थापालाई प्रशासनमा बुझाउन मिसिल तयार पारेको स्रोतले जनाएको छ।

प्रशासनमा पेश भएपछि प्रमुख जिल्ला अधिकारीको इजलासमा थापाको बयान लिइनेछ। त्यसपछि कानुनअनुसार सादा तारेखमा छाड्ने वा धराैटीको आधारमा निर्णय गर्ने प्रक्रिया अघि बढ्नेछ।

थापामाथि २०८१ फागुन २२ गते रामधुनी नगरपालिकामा आफ्नै निजी गाडीबाट मोटरसाइकललाई ठक्कर दिँदा एक महिला गम्भीर घाइते बनाएको आरोप छ। दुर्घटनापछि उनी घटनास्थलबाट सवारीसाधनसहित फरार भएको भनिएको छ।

उच्च अदालत विराटनगरले २०८२ साउन १६ गते प्रहरीलाई मुद्दा दर्ता गर्न निर्देशन दिएपछि जिल्ला अदालतले साउन २१ गते थापाविरुद्ध पक्राउ पुर्जी जारी गरेको थियो।

दुर्घटनापछि लामो समयसम्म फरार रहेको, पीडित पक्षलाई क्षतिपूर्ति नदिएको र कानुनी प्रक्रिया असहयोग गरेको आरोपसँगै अब थापाकाे विषय प्रशासनको इजलासमा छलफल हुने भएको छ।

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

हाम्राे बारे

…

हाम्राे टिम

प्रकाशक : उषा कुमारी /मधु कुमारी (रञ्जना)
सम्पादक : रनिधर कुमार यादव
सह-सम्पादक : स्वस्तिका चौधरी
सम्वाददाता : अर्जुन चौधरी
बजार प्रतिनिधिः पार्वती राजधामी
कानुनी सल्लाहकार : बसन्त सुवेदी, शुखदेव चौधरी
कम्प्युटर ले-आउट : मनिस चौधरी

सम्पर्क

प्रधान कार्यालय : इनरुवा नगरपालिका वडा नं २ सुनसरी
इमेलः
मोवाइल नम्बर : ९८१४३२३२६८ /९८०५३२४२४५/ ९७६९७१६८३२

© SmartCity DailyPvt. Ltd 2025 ।। Website Design By : IT Karkhana

No Result
View All Result
  • मुख्य समाचार
  • समाचार
  • राजनीति
  • अर्थ
  • खेलकुद

© SmartCity DailyPvt. Ltd 2025 ।। Website Design By : IT Karkhana