smartcitydaily@gmail.com
Smartcity Daily
e-paper
  • मुख्य समाचार
  • समाचार
  • राजनीति
  • अर्थ
  • खेलकुद
No Result
View All Result
  • मुख्य समाचार
  • समाचार
  • राजनीति
  • अर्थ
  • खेलकुद
No Result
View All Result
Smartcity Daily
No Result
View All Result

जेनजी आन्दोलनपछिको अव्यवस्थाबीच कोशी प्रदेशसभा सचिवालय मोरङको कटहरीमा स्थानान्तरण

by स्मार्ट सिटि दैनिक
५ महिना अगाडि
in समाचार
जेनजी आन्दोलनपछिको अव्यवस्थाबीच कोशी प्रदेशसभा सचिवालय मोरङको कटहरीमा स्थानान्तरण

इनरुवा – कटहरी गाउँपालिका–१ जमटोकीस्थित फलफूल तथा कृषि थोक बजार परिसरमै बुधवारदेखि औपचारिक रूपमा सचिवालय सञ्चालनमा आएको हो।

२०७८ सालमा करिब १३ करोड ७६ लाखभन्दा बढी लागतमा निर्मित सो संरचना मूलतः तरकारी तथा कृषि कारोबारका लागि तयार गरिएको थियो। तर २४ भदौमा जेनजी आन्दोलनका क्रममा प्रदेशसभा भवन क्षतिग्रस्त भएपछि तत्काल वैकल्पिक स्थल खोज्नुपर्ने अवस्था सिर्जना भएको थियो।

आन्दोलनपछि विराटनगरको वीरेन्द्र सभागृह प्रयोग गर्ने प्रारम्भिक योजना बनाइएको थियो। तर अवलोकनका क्रममा सभा सञ्चालनका लागि आवश्यक सुरक्षा, संरचना र प्रशासनिक सुविधा अभाव देखिएपछि समितिले त्यसलाई अनुपयुक्त ठहरेको थियो। त्यसपछि सचिवालय र बैठक दुवैलाई कटहरीस्थित कृषि बजार भवनमै सार्ने निर्णय गरिएको हो।

सचिवालय व्यवस्थापन तथा सञ्चालन समितिको बैठक सभामुख अम्बरबहादुर विष्टको अध्यक्षतामा बसेर वैकल्पिक स्थल समायोजनबारे अन्तिम टुंगो लगाइएको थियो।

कोशी प्रदेश सभाको सातौँ अधिवेशन असोज १० गते नै समाप्त भएको थियो। नयाँ स्थानमा सचिवालय सञ्चालन सुरु भएपछि आगामी अधिवेशन समेत यही कटहरीस्थित संरचनामै बस्ने अनुमान गरिएको छ।

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

हाम्राे बारे

…

हाम्राे टिम

प्रकाशक : उषा कुमारी /मधु कुमारी (रञ्जना)
सम्पादक : रनिधर कुमार यादव
सह-सम्पादक : स्वस्तिका चौधरी
सम्वाददाता : अर्जुन चौधरी
बजार प्रतिनिधिः पार्वती राजधामी
कानुनी सल्लाहकार : बसन्त सुवेदी, शुखदेव चौधरी
कम्प्युटर ले-आउट : मनिस चौधरी

सम्पर्क

प्रधान कार्यालय : इनरुवा नगरपालिका वडा नं २ सुनसरी
इमेलः
मोवाइल नम्बर : ९८१४३२३२६८ /९८०५३२४२४५/ ९७६९७१६८३२

© SmartCity DailyPvt. Ltd 2025 ।। Website Design By : IT Karkhana

No Result
View All Result
  • मुख्य समाचार
  • समाचार
  • राजनीति
  • अर्थ
  • खेलकुद

© SmartCity DailyPvt. Ltd 2025 ।। Website Design By : IT Karkhana