smartcitydaily@gmail.com
Smartcity Daily
e-paper
  • मुख्य समाचार
  • समाचार
  • राजनीति
  • अर्थ
  • खेलकुद
No Result
View All Result
  • मुख्य समाचार
  • समाचार
  • राजनीति
  • अर्थ
  • खेलकुद
No Result
View All Result
Smartcity Daily
No Result
View All Result

ह्यात होटलले हटायो सबै कर्मचारी

by स्मार्ट सिटि दैनिक
५ महिना अगाडि
in समाचार
ह्यात होटलले हटायो सबै कर्मचारी

काठमाडौं ।

पाँच तारे होटल ह्यातले आफ्ना सम्पूर्ण श्रमिकलाई हटाएको छ । ह्यात रिजेन्सी होटलका महाप्रबन्धक आशिष कुमारले सुचना जारी गर्दै आगामी मङ्सिर २२ गतेदेखि लागु हुने गरि सम्पूर्ण कर्मचारीलाई कटौती गरेको जानकारी दिएका हुन् ।उनले भदौ २४ गते होटलमा भएको आगजनी र लुटपाटपछि मर्मत गर्न करोडौं खर्च हुने र होटलको आर्थिक अवस्था नाजुक बनेको तथा भदौ २४ मा होटलको चौथो तलाबाट हाम फालेर घाइते भएका विदेशी पर्यटकको मृत्यु भएपछि अन्तर्राष्ट्रिय स्तरमा होटलको ख्यातिमा नकारात्मक प्रभाव परेको समेत बताएका छन् ।ह्यात रिजेन्सी होटलको श्रमिक कटौति सम्बन्धी सुचना :उपरोक्त सम्वन्धमा मिति २०८२ भाद्र २३ र २४ गतेको आन्दोलनका क्रममा यस होटलमा आपराधिक समुह प्रवेश गरी होटलमा तोडफोड, लुटपाट र आगलागिजन्य क्रियाकलापहरु गरेको कारण सोही दिनबाट यस होटल पुर्ण रुपमा बन्द रहेको व्यहोरा सम्पुर्ण श्रमिकहरुलाई अवगत नै छ । होटलमा भएको उक्त आगलागी र तोडफोडका कारण होटल क्षेतिग्रस्त भई पुर्ण रूपले मर्मत सम्भार नगरी संचालनमा ल्याउन सक्ने अवस्था समेत नरहेकाले होटलको मर्मत सम्भार नहुँदासम्म होटल पुर्ण रुपले बन्द रहने व्यहोरा सम्पूर्ण श्रमिकहरूलाई पुनः जानकारी गराउन चाहन्छौं। भाद्र २४ को घटनाका क्रममा होटलमा भएका एकजना विदेशी पाहुनाले आगलागीको कारण बाहिर आउन नसकि ज्यान बचाउन होटलको ४ तलाबाट हामफाल्दा घाईते भई उपचारको क्रममा ज्यान गएको तथा होटलमा आवास सुविधा लिएका अन्य विदेशी अतिथिहरूको लगेज तथा सरसामानहरू समेत आपराधीक समुहले लुटपाट तथा आगो लगाएकोमा सो घटनाले अन्तराष्ट्रिय जगतमानै होटलको ख्यातीमा व्यापक नकारात्मक प्रभाव पारेको व्यहोरा सबैलाई अवगत नै छ ।भिड १९ का कारण लामो समय सम्म होटल तथा पर्यटन क्षेत्र बन्द भई होटललाई निकै नै ठुलो आर्थिक क्षति भएको र सो अवस्थाबाट हालसालै मात्र केहि सुधार आइरहेकोमा मिति २०८२ भाद्र २४ को घटनाको कारण पुनः होटललाई ठूलो आर्थिक क्षति हुन पुगेको छ । यस परिस्थितिमा होटलको मर्मत सम्भारका लागि करोडौँ रकम लाग्ने र मर्मत अवधी भर होटलको कुनै आम्दानीको स्रोत समेत नहुने भएकाले प्रतिष्ठानलाई विगतको भन्दा ठूलो आर्थिक चुनौति समेत आएको छ ।यस परिस्थितिमा श्रमिकको व्यवस्थापन सम्बन्धी विकल्पहरुको सम्बन्धमा प्रतिष्ठानमा क्रियाशिल ट्रेड युनियनहरु सँग छलफल समेत गर्दा कुनै निष्कर्शमा पुग्न सकेको अवस्था छैन। होटलको मर्मत सम्भारको कार्य प्रारम्भ भइसकेको र सोका लागि आर्थिक स्रोत जुटाई खर्च व्यबस्थापन गर्नु पर्ने एवं यस अवधीमा संचालनमा नरहेको होटलमा श्रमिकहरुलाई काममा लगाउन समेत होटल असमर्थ रहेको हुँदा होटलमा कार्यरत सम्पुर्ण श्रमिकहरुलाई कटौती गर्नपर्ने भएकाले यो सुचना प्रकाशित भएको मितिले ३० दिन अर्थात मिति २०८२।०८।२२ गते देखी लागु हुने गरी श्रम ऐन २०७४ को दफा १४५ बमोजिम सम्पूर्ण (१३३) श्रमिक कटौती गर्न यो सूचना जारी गरिएको छ ।

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

हाम्राे बारे

…

हाम्राे टिम

प्रकाशक : उषा कुमारी /मधु कुमारी (रञ्जना)
सम्पादक : रनिधर कुमार यादव
सह-सम्पादक : स्वस्तिका चौधरी
सम्वाददाता : अर्जुन चौधरी
बजार प्रतिनिधिः पार्वती राजधामी
कानुनी सल्लाहकार : बसन्त सुवेदी, शुखदेव चौधरी
कम्प्युटर ले-आउट : मनिस चौधरी

सम्पर्क

प्रधान कार्यालय : इनरुवा नगरपालिका वडा नं २ सुनसरी
इमेलः
मोवाइल नम्बर : ९८१४३२३२६८ /९८०५३२४२४५/ ९७६९७१६८३२

© SmartCity DailyPvt. Ltd 2025 ।। Website Design By : IT Karkhana

No Result
View All Result
  • मुख्य समाचार
  • समाचार
  • राजनीति
  • अर्थ
  • खेलकुद

© SmartCity DailyPvt. Ltd 2025 ।। Website Design By : IT Karkhana