smartcitydaily@gmail.com
Smartcity Daily
e-paper
  • मुख्य समाचार
  • समाचार
  • राजनीति
  • अर्थ
  • खेलकुद
No Result
View All Result
  • मुख्य समाचार
  • समाचार
  • राजनीति
  • अर्थ
  • खेलकुद
No Result
View All Result
Smartcity Daily
No Result
View All Result

रामधुनी गोलीकाण्ड : एक महिना बित्दा पनि अनुसन्धान अधुरो, परिवार निराश

by स्मार्ट सिटि दैनिक
५ महिना अगाडि
in समाचार
रामधुनी गोलीकाण्ड : एक महिना बित्दा पनि अनुसन्धान अधुरो, परिवार निराश

सुनसरीको – रामधुनी नगरपालिका–२, कर्मनिया टोलमा सिटी सफारी चालक ४७ वर्षीय दिनेश चौधरीको हत्या भएको आज एक महिना बितिसक्दा पनि प्रहरी अनुसन्धान निष्कर्षमा पुग्न सकेको छैन।

गत असोज २५ गते साँझ करिब ५ बजे चौधरीलाई अज्ञात समूहले गोली हानी हत्या गरेको थियो। उनी आफ्नै सिटी सफारी (प्र–१–०२–००४ ह ७८०४) चलाउँदै उत्तरबाट दक्षिणतर्फ जाँदै गर्दा मोटरसाइकलमा आएका तीन जनाले नहर डिलको सडकमा पुग्नेबित्तिकै गोली प्रहार गरेका थिए। घटनास्थलमै चौधरीको मृत्यु भएको थियो।

पोष्टमार्टम रिपोर्टले उनको मृत्यु गोली लागेर भएको पुष्टि गरे पनि घटनामा संलग्न व्यक्तिहरूबारे प्रहरीले ठोस प्रमाण फेला पार्न सकेको छैन। जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रमुख एसपी केशवकुमार थेबे नेतृत्वमा तत्कालै टोली खटिएर अनुसन्धान सुरु गरिएको भए पनि परिणाम अहिलेसम्म सन्तोषजनक छैन।

जिल्ला प्रहरी कार्यालयका प्रवक्ता डिएसपी योगराज खतिवडाका अनुसार विशेष टोली परिचालन गरेर विभिन्न कोणबाट अनुसन्धान भइरहेको छ। उनले भने, “तीन जनाको समूहले गोली प्रहार गरेर मोटरसाइकलमा भागेको प्रारम्भिक विवरण छ। तर पर्याप्त प्रमाण अभावमा अहिलेसम्म कसैमाथि पक्राउ गर्न सकिएको छैन।”

घटनाको एक महिना पूरा हुँदा पनि अपराधी पत्ता नलागेपछि चौधरीका परिवार र स्थानीयवासी निराश छन्। उनीहरूले दोषीलाई शीघ्र पहिचान गरी कानुनी दायरामा ल्याउन माग गर्दै निरन्तर प्रहरी प्रशासनमा दबाब दिइरहेका छन्।

 

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

हाम्राे बारे

…

हाम्राे टिम

प्रकाशक : उषा कुमारी /मधु कुमारी (रञ्जना)
सम्पादक : रनिधर कुमार यादव
सह-सम्पादक : स्वस्तिका चौधरी
सम्वाददाता : अर्जुन चौधरी
बजार प्रतिनिधिः पार्वती राजधामी
कानुनी सल्लाहकार : बसन्त सुवेदी, शुखदेव चौधरी
कम्प्युटर ले-आउट : मनिस चौधरी

सम्पर्क

प्रधान कार्यालय : इनरुवा नगरपालिका वडा नं २ सुनसरी
इमेलः
मोवाइल नम्बर : ९८१४३२३२६८ /९८०५३२४२४५/ ९७६९७१६८३२

© SmartCity DailyPvt. Ltd 2025 ।। Website Design By : IT Karkhana

No Result
View All Result
  • मुख्य समाचार
  • समाचार
  • राजनीति
  • अर्थ
  • खेलकुद

© SmartCity DailyPvt. Ltd 2025 ।। Website Design By : IT Karkhana