smartcitydaily@gmail.com
Smartcity Daily
e-paper
  • मुख्य समाचार
  • समाचार
  • राजनीति
  • अर्थ
  • खेलकुद
No Result
View All Result
  • मुख्य समाचार
  • समाचार
  • राजनीति
  • अर्थ
  • खेलकुद
No Result
View All Result
Smartcity Daily
No Result
View All Result

 राष्ट्रिय स्वर्ण बिन्दु प्राशन : परम्परागत आयुर्वेदमा आधुनिक वैज्ञानिक रुचि बढ्दै

by स्मार्ट सिटि दैनिक
५ महिना अगाडि
in समाचार
 राष्ट्रिय स्वर्ण बिन्दु प्राशन : परम्परागत आयुर्वेदमा आधुनिक वैज्ञानिक रुचि बढ्दै

विराटनगर- स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले प्राचीन आयुर्वेदिक चिकित्सा पद्धतिलाई पुनःस्थापित गर्ने उद्देश्यले सुरु गरेको ‘राष्ट्रिय स्वर्ण बिन्दु प्राशन’ कार्यक्रम विराटनगरमा चौथो चरणसम्म आइपुगेको छ। यस कार्यक्रमप्रति स्थानीयवासीको सहभागिता र चासो दुवै बढ्दो क्रममा देखिएको छ।

जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र, मोरङका प्रमुख डा. राम प्रबोध चौधरीका अनुसार अघिल्ला चरणहरूभन्दा यसपटक अभूतपूर्व रूपमा अभिभावक र बालबालिकाको उपस्थितिले यो कार्यक्रम जनचेतनाको केन्द्र बन्दै गएको प्रमाणित गरेको छ। “आयुर्वेद पञ्चकर्मका एम.डी. चौधरीका अनुसार अब मोरङमा यो अभियानलाई अझ व्यवस्थित र एकरूपताका साथ विस्तार गरिनेछ,” उनले बताए।

यो कार्यक्रम अन्तर्गत सरकारले ६ महिनादेखि ५ वर्ष उमेर समूहका बालबालिकालाई विशेष आयुर्वेदिक औषधि खुवाउने नीति लिएको छ। औषधि शास्त्रीय विधिअनुसार पुष्य नक्षत्रको बिहान पारेर खुवाइन्छ।

‘स्वर्ण बिन्दु प्राशन’ आयुर्वेदिक ग्रन्थ काश्यप संहिता मा उल्लेख गरिएको करिब पाँच हजार वर्ष पुरानो उपचार पद्धति हो। यसमा प्रशोधित स्वर्ण भस्म, ब्राह्मी घृत र शुद्ध मह मिसाएर तयार पारिन्छ। स्वर्ण भस्मले रोग प्रतिरोधात्मक क्षमता सन्तुलित राख्ने, ब्राह्मीले स्नायु कोष र स्मरणशक्ति बलियो बनाउने र महले प्राकृतिक जीवाणुरोधी तत्त्वको काम गर्ने मान्यता छ।

डा. चौधरीका अनुसार यो उपचार अन्धविश्वास होइन, बरु प्राचीन ज्ञान र आधुनिक विज्ञानको संगम हो। “स्वर्ण भस्मको इम्युनोमोडुलेटर गुण, ब्राह्मीको न्युरो–प्रोटेक्टिभ क्षमता र महको एन्टी–माइक्रोबियल गुण वैज्ञानिक रूपमा प्रमाणित छन्,” उनले भने।

विशेष प्रशोधन विधिबाट तयार पारिने सुनका नानो कणहरू (Gold Nanoparticles) शरीरमा रोग प्रतिरोधात्मक प्रणाली सन्तुलन गर्न सहयोगी हुन्छन्। आधुनिक चिकित्सा दृष्टिकोणबाट हेर्दा ‘स्वर्ण बिन्दु प्राशन’लाई ‘नानो–मेडिसिन’ र ‘न्युरो–इम्युनोमोडुलेटर’को रूपमा पनि बुझिन्छ।

डा. चौधरीले थपे, “यो परम्परा अब प्रयोगात्मक नभई प्रमाणित र व्यवस्थित स्वास्थ्य अभियानको रूपमा अघि बढ्दै छ, जसले बालबालिकाको समग्र विकासमा दीर्घकालीन योगदान पुर्‍याउनेछ।”

 

 

 

 

 

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

हाम्राे बारे

…

हाम्राे टिम

प्रकाशक : उषा कुमारी /मधु कुमारी (रञ्जना)
सम्पादक : रनिधर कुमार यादव
सह-सम्पादक : स्वस्तिका चौधरी
सम्वाददाता : अर्जुन चौधरी
बजार प्रतिनिधिः पार्वती राजधामी
कानुनी सल्लाहकार : बसन्त सुवेदी, शुखदेव चौधरी
कम्प्युटर ले-आउट : मनिस चौधरी

सम्पर्क

प्रधान कार्यालय : इनरुवा नगरपालिका वडा नं २ सुनसरी
इमेलः
मोवाइल नम्बर : ९८१४३२३२६८ /९८०५३२४२४५/ ९७६९७१६८३२

© SmartCity DailyPvt. Ltd 2025 ।। Website Design By : IT Karkhana

No Result
View All Result
  • मुख्य समाचार
  • समाचार
  • राजनीति
  • अर्थ
  • खेलकुद

© SmartCity DailyPvt. Ltd 2025 ।। Website Design By : IT Karkhana