smartcitydaily@gmail.com
Smartcity Daily
e-paper
  • मुख्य समाचार
  • समाचार
  • राजनीति
  • अर्थ
  • खेलकुद
No Result
View All Result
  • मुख्य समाचार
  • समाचार
  • राजनीति
  • अर्थ
  • खेलकुद
No Result
View All Result
Smartcity Daily
No Result
View All Result

फाल्गुनन्द जयन्तीमा मुख्यमन्त्री कार्कीको सन्देश

by स्मार्ट सिटि दैनिक
५ महिना अगाडि
in समाचार
फाल्गुनन्द जयन्तीमा मुख्यमन्त्री कार्कीको सन्देश

विराटनगर । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कुमार कार्कीले किरात धर्मका महान् समाजसुधारक महागुरु फाल्गुनन्द लिङदेनको शिक्षाले आजको समाजलाई सत्य, अहिंसा र एकताको बाटोमा अघि बढ्न प्रेरणा दिएको बताएका छन्।

फाल्गुनन्दको जन्मजयन्तीको अवसरमा जारी शुभकामना सन्देशमा मुख्यमन्त्री कार्कीले बाल्यकालदेखि नै समाज सुधारमा लाग्नुभएका फाल्गुनन्दले किरात धर्म, संस्कृति र मौलिक परम्पराको संरक्षणमा महत्वपूर्ण योगदान पुर्‍याएको उल्लेख गरेका छन्। उनले भने, “नेपाल बहुजातीय, बहुभाषिक र बहुसांस्कृतिक मुलुक भएकाले सबै जात, भाषा, धर्म र संस्कृतिको संरक्षण र सम्बद्र्धन राज्यको प्रमुख दायित्व हो।”

मुख्यमन्त्री कार्कीले फाल्गुनन्दले दिएको ‘सत्य बोल्ने, अहिंसा अपनाउने र नारीको सम्मान गर्ने’ सन्देश आजको समाजका लागि अझ सान्दर्भिक रहेको उल्लेख गर्दै शान्त, समृद्ध र सहिष्णु समाज निर्माणका लागि सबैलाई महागुरुका आदर्शबाट प्रेरित हुन आह्वान गरेका छन्।

उनले कोशी प्रदेश सरकार भाषा, संस्कृति र लिपिको संरक्षणमा प्रतिबद्ध रहेको जनाउँदै संविधानले सुनिश्चित गरेको भाषिक अधिकारलाई व्यवहारमा कार्यान्वयन गर्ने तयारी भइरहेको बताएका छन्।

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

हाम्राे बारे

…

हाम्राे टिम

प्रकाशक : उषा कुमारी /मधु कुमारी (रञ्जना)
सम्पादक : रनिधर कुमार यादव
सह-सम्पादक : स्वस्तिका चौधरी
सम्वाददाता : अर्जुन चौधरी
बजार प्रतिनिधिः पार्वती राजधामी
कानुनी सल्लाहकार : बसन्त सुवेदी, शुखदेव चौधरी
कम्प्युटर ले-आउट : मनिस चौधरी

सम्पर्क

प्रधान कार्यालय : इनरुवा नगरपालिका वडा नं २ सुनसरी
इमेलः
मोवाइल नम्बर : ९८१४३२३२६८ /९८०५३२४२४५/ ९७६९७१६८३२

© SmartCity DailyPvt. Ltd 2025 ।। Website Design By : IT Karkhana

No Result
View All Result
  • मुख्य समाचार
  • समाचार
  • राजनीति
  • अर्थ
  • खेलकुद

© SmartCity DailyPvt. Ltd 2025 ।। Website Design By : IT Karkhana