smartcitydaily@gmail.com
Smartcity Daily
e-paper
  • मुख्य समाचार
  • समाचार
  • राजनीति
  • अर्थ
  • खेलकुद
No Result
View All Result
  • मुख्य समाचार
  • समाचार
  • राजनीति
  • अर्थ
  • खेलकुद
No Result
View All Result
Smartcity Daily
No Result
View All Result

दिल्ली विस्फोट : अनुसन्धान तीव्र, कारण अझै अज्ञात

by स्मार्ट सिटि दैनिक
५ महिना अगाडि
in समाचार
दिल्ली विस्फोट : अनुसन्धान तीव्र, कारण अझै अज्ञात

नयाँ दिल्ली । भारतको राजधानी नयाँ दिल्लीस्थित लालकिल्ला मेट्रो स्टेशन नजिक सोमबार साँझ भएको भीषण विस्फोटले राजधानी त्रसित बनेको छ। उक्त घटनामा आठ जनाको मृत्यु भएको पुष्टि भएको छ भने केही सञ्चारमाध्यमहरूले मृतकको संख्या नौ पुगेको बताएका छन्।

घटनापछि प्रहरी, फोरेन्सिक तथा अनुसन्धान निकायहरू मंगलबार बिहानैदेखि घटनास्थलमा खटिएका छन्। गृहमन्त्री अमित शाहले घटनास्थल निरीक्षण गर्दै परिस्थितिको मूल्याङ्कन गरेका छन्। फोरेन्सिक टोलीले घटनास्थलबाट नमूना संकलन गरी परीक्षणका लागि प्रयोगशाला पठाएको छ।
दिल्ली प्रहरीका कमिश्नर सतीश गोलचाका अनुसार विस्फोटमा वरपरका गाडीहरू समेत क्षतिग्रस्त भएका छन्। उनले एफएसएल, एनआईए र एनएसजी टोलीले संयुक्त रूपमा अनुसन्धान गरिरहेको बताए।

दिल्ली नर्थका डीसीपी राजा बन्थियाले घटनालाई आतंकसम्बन्धी कानुन युएपीए, एक्सप्लोसिभ एक्ट र भारतीय दण्ड संहिता अन्तर्गत मुद्दा दर्ता गरिएको जानकारी दिए। उनका अनुसार, “सबै प्रमाणहरू संकलन भइरहेको छ र प्रारम्भिक रिपोर्टपछि मात्र कारण निश्चित हुनेछ।”

विस्फोट भएको हुन्डाई आई–२० कार पार्किङमा लामो समयदेखि रहेको र विस्फोट हुनुभन्दा केही अघि अघि बढेको बताइन्छ। तर यो दुर्घटना थियो वा योजनाबद्ध हमला, अहिलेसम्म स्पष्ट हुन सकेको छैन। प्रारम्भिक अनुमान अनुसार विस्फोट कारभित्रको इन्धन ट्याङ्की, सीएनजी प्रणाली वा विस्फोटक पदार्थका कारण हुन सक्ने बताइएको छ।

गृहमन्त्री अमित शाहका अनुसार विस्फोटका कारण नजिकका गाडीहरू क्षतिग्रस्त भएका छन् र केही व्यक्ति घाइते पनि भएका छन्। उनले अनुसन्धान पूरा भएपछि विस्तृत विवरण सार्वजनिक गरिने बताए।

अहिलेसम्म कारको स्वामित्व, यात्राको गन्तव्य र विस्फोटको वास्तविक उद्देश्यबारे स्पष्ट जानकारी प्राप्त भएको छैन। अनुसन्धान निकायहरूले घटनाको वास्तविक कारण र सम्भावित योजनाबद्धताबारे पत्ता लगाउने प्रयास गरिरहेका छन्।

 

 

 

 

 

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

हाम्राे बारे

…

हाम्राे टिम

प्रकाशक : उषा कुमारी /मधु कुमारी (रञ्जना)
सम्पादक : रनिधर कुमार यादव
सह-सम्पादक : स्वस्तिका चौधरी
सम्वाददाता : अर्जुन चौधरी
बजार प्रतिनिधिः पार्वती राजधामी
कानुनी सल्लाहकार : बसन्त सुवेदी, शुखदेव चौधरी
कम्प्युटर ले-आउट : मनिस चौधरी

सम्पर्क

प्रधान कार्यालय : इनरुवा नगरपालिका वडा नं २ सुनसरी
इमेलः
मोवाइल नम्बर : ९८१४३२३२६८ /९८०५३२४२४५/ ९७६९७१६८३२

© SmartCity DailyPvt. Ltd 2025 ।। Website Design By : IT Karkhana

No Result
View All Result
  • मुख्य समाचार
  • समाचार
  • राजनीति
  • अर्थ
  • खेलकुद

© SmartCity DailyPvt. Ltd 2025 ।। Website Design By : IT Karkhana