smartcitydaily@gmail.com
Smartcity Daily
e-paper
  • मुख्य समाचार
  • समाचार
  • राजनीति
  • अर्थ
  • खेलकुद
No Result
View All Result
  • मुख्य समाचार
  • समाचार
  • राजनीति
  • अर्थ
  • खेलकुद
No Result
View All Result
Smartcity Daily
No Result
View All Result

मतदाता नामावली दर्तामा काठमाडौँबासीको उत्साह, सात दिनमै लाइन बढ्यो

by स्मार्ट सिटि दैनिक
५ महिना अगाडि
in समाचार
मतदाता नामावली दर्तामा काठमाडौँबासीको उत्साह, सात दिनमै लाइन बढ्यो

काठमाडौँ ।

आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचन नजिकिँदै गर्दा राजधानीवासी मतदाता नामावलीमा नाम दर्ता गराउन उत्साहित भएका छन्। काठमाडौँस्थित जिल्ला निर्वाचन कार्यालयमा विगत केही दिनयता सर्वसाधारणको भीड देखिएको छ।

कार्यालयका अनुसार देशभरका ७७ वटै जिल्लाबाट एकैसाथ नाम दर्ता कार्य भइरहेकाले सर्भरमा कहिलेकाहीँ समस्या देखिए पनि प्रक्रिया सहज र झन्झटमुक्त छ। सेवाग्राहीहरूका अनुसार लामो समय लाइनमा बस्नुपरेको छैन र दर्ता प्रक्रिया सहज रूपमा सम्पन्न भइरहेको छ।

पहिलो पटक नाम दर्ता गर्न आएकी अंकित बरालले भनिन्, “मतदाता बन्न पाउँदा निकै खुशी लागेको छ। हामी जेनजी पुस्ताका हौँ, अबको नेतृत्व युवाको हातमा हुनुपर्छ भन्ने लाग्छ।”

जिल्ला निर्वाचन कार्यालयकी सूचना अधिकारी सिर्जना रायमाझीका अनुसार सर्भरमा चाप बढे पनि काम निरन्तर चलिरहेको छ। उनले मतदान गर्न योग्य तर नाम नदिएका नागरिकहरूलाई बाँकी समयभित्र अनिवार्य रूपमा नाम दर्ता गर्न आग्रह गरेकी छन्।

निर्वाचन आयोगका अनुसार सात दिनपछि नाम दर्ता प्रक्रिया बन्द हुनेछ र यस अवधिभित्र नाम दर्ता नगरेका नागरिकले आगामी निर्वाचनमा मतदान गर्न पाउने छैनन्।

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

हाम्राे बारे

…

हाम्राे टिम

प्रकाशक : उषा कुमारी /मधु कुमारी (रञ्जना)
सम्पादक : रनिधर कुमार यादव
सह-सम्पादक : स्वस्तिका चौधरी
सम्वाददाता : अर्जुन चौधरी
बजार प्रतिनिधिः पार्वती राजधामी
कानुनी सल्लाहकार : बसन्त सुवेदी, शुखदेव चौधरी
कम्प्युटर ले-आउट : मनिस चौधरी

सम्पर्क

प्रधान कार्यालय : इनरुवा नगरपालिका वडा नं २ सुनसरी
इमेलः
मोवाइल नम्बर : ९८१४३२३२६८ /९८०५३२४२४५/ ९७६९७१६८३२

© SmartCity DailyPvt. Ltd 2025 ।। Website Design By : IT Karkhana

No Result
View All Result
  • मुख्य समाचार
  • समाचार
  • राजनीति
  • अर्थ
  • खेलकुद

© SmartCity DailyPvt. Ltd 2025 ।। Website Design By : IT Karkhana