smartcitydaily@gmail.com
Smartcity Daily
e-paper
  • मुख्य समाचार
  • समाचार
  • राजनीति
  • अर्थ
  • खेलकुद
No Result
View All Result
  • मुख्य समाचार
  • समाचार
  • राजनीति
  • अर्थ
  • खेलकुद
No Result
View All Result
Smartcity Daily
No Result
View All Result

 रंगेली क्षेत्रमा हाइना देखिएको हल्ला, वन र प्रहरी सतर्क

by स्मार्ट सिटि दैनिक
५ महिना अगाडि
in समाचार
 रंगेली क्षेत्रमा हाइना देखिएको हल्ला, वन र प्रहरी सतर्क

विराटनगर । मोरङको रंगेली नगरपालिकासँग सीमा जोडिएको भारतीय भूमिमा देखिएको भनिएको हाइनाले अहिले नेपाली पक्षमा पनि सरोकारवालाको ध्यान तानेको छ। केही दिनयता रंगेली क्षेत्रका बासिन्दाले हाइना देखिएको दाबी गरे पनि सरकारी निकायहरूले भने अहिलेसम्म त्यसको औपचारिक पुष्टि गर्न सकेका छैनन्।

रंगेली नगरपालिका–५ आँपगाछी र वडा नम्बर–४ को धनपती क्षेत्रमा शनिबार साँझ हाइना देखिएको भन्दै स्थानीयले सूचना दिएका थिए। तर इलाका प्रहरी कार्यालय रंगेलीका प्रहरी निरीक्षक नगेन्द्र बोगटीका अनुसार टोली घटनास्थल पुग्दा जनावर देखिएन। उनले भने, “स्थानीयले राती देखिएको भनेका थिए तर पुगेपछि कुनै जनावर भेटिएन।”

प्रहरीले एक साताअघि नै डिभिजन वन कार्यालय मोरङबाट नेपालतर्फ हाइना प्रवेश गर्न सक्ने सम्भावनाबारे सचेत रहन सूचना पाएको बताएको छ। बोगटीका अनुसार सामाजिक सञ्जालमा फैलिएको केही तस्वीर पनि भारतीय भूमिकै भएको पुष्टि भएको छ।

डिभिजन वन कार्यालय मोरङका सूचना अधिकारी राम लखन ठाकुरले हाइनाको गतिविधि निगरानीमा राखिएको जानकारी दिए। उनका अनुसार “हाइना प्रायः रातमा मात्रै सक्रिय हुने भएकाले रातीको समयमा निगरानी बढाइएको छ।” उनले बाँसघारी र धान खेत भएका कारण भारतबाट नेपालतर्फ प्रवेश सम्भावना नकार्न नसकिने बताए।

हाइना (हुँडार) कुकुर वा बिरालोभन्दा फरक प्रजातिको जनावर हो, जसलाई ‘हाइनिडी’ परिवारमा राखिएको छ। यसका अगाडिका खुट्टा बलिया र अग्ला हुने गर्छन्। समूहमा बस्ने र सामूहिक शिकार गर्ने यो मांसाहारी जनावर बुद्धिमान मानिन्छ।

हालसम्म हाइनाले मोरङ क्षेत्रमा कुनै क्षति पुर्‍याएको वा मानिसमाथि आक्रमण गरेको आधिकारिक गुनासो भने प्राप्त भएको छैन। वन र प्रहरी दुवै निकाय सतर्क रहँदै स्थानीयलाई अफवाहमा नफस्न आग्रह गरेका छन्।

 

 

 

 

 

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

हाम्राे बारे

…

हाम्राे टिम

प्रकाशक : उषा कुमारी /मधु कुमारी (रञ्जना)
सम्पादक : रनिधर कुमार यादव
सह-सम्पादक : स्वस्तिका चौधरी
सम्वाददाता : अर्जुन चौधरी
बजार प्रतिनिधिः पार्वती राजधामी
कानुनी सल्लाहकार : बसन्त सुवेदी, शुखदेव चौधरी
कम्प्युटर ले-आउट : मनिस चौधरी

सम्पर्क

प्रधान कार्यालय : इनरुवा नगरपालिका वडा नं २ सुनसरी
इमेलः
मोवाइल नम्बर : ९८१४३२३२६८ /९८०५३२४२४५/ ९७६९७१६८३२

© SmartCity DailyPvt. Ltd 2025 ।। Website Design By : IT Karkhana

No Result
View All Result
  • मुख्य समाचार
  • समाचार
  • राजनीति
  • अर्थ
  • खेलकुद

© SmartCity DailyPvt. Ltd 2025 ।। Website Design By : IT Karkhana