smartcitydaily@gmail.com
Smartcity Daily
e-paper
  • मुख्य समाचार
  • समाचार
  • राजनीति
  • अर्थ
  • खेलकुद
No Result
View All Result
  • मुख्य समाचार
  • समाचार
  • राजनीति
  • अर्थ
  • खेलकुद
No Result
View All Result
Smartcity Daily
No Result
View All Result

भन्सार एजेन्ट नै तस्करीमा संलग्न, सुनसरीमा ठूला व्यापारीका गोदामसम्म पुग्ने जालो

by स्मार्ट सिटि दैनिक
६ महिना अगाडि
in समाचार
भन्सार एजेन्ट नै तस्करीमा संलग्न, सुनसरीमा ठूला व्यापारीका गोदामसम्म पुग्ने जालो

सुनसरी-  सुनसरी जिल्लामा भन्सार एजेन्ट नै तस्करीमा संलग्न भएको तथ्य बाहिर आएको छ । भन्सार जाँचपासको जिम्मेवारी पाएका केही एजेन्टहरूले कानुनी रुपमा पास भएका सामानमा गैरकानुनी वस्तुहरू मिसाएर स्थानीय उद्योगी तथा व्यापारीका गोदाममा पुर्‍याउने गरेको खुलासा भएको हो ।

राजस्व अनुसन्धान विभाग र सशस्त्र प्रहरी बलको संयुक्त टोलीले पछिल्लो समय विराटनगर भन्सार क्षेत्र वरिपरि गरिएको निगरानीमा यस्तो तथ्य फेला पारेको जनाएको छ । सशस्त्र प्रहरीका स्रोतका अनुसार केही एजेन्टहरूले “जाँच पास भइसकेको” सामानका नाममा अन्य वस्तुहरू पनि लुकाएर भित्र्याउने गरेका छन् । यी वस्तुहरू साना–ठूला व्यापारीका गोदाममा राति–राति पु-र्याइने गरेको बताइएको छ ।

राजस्व अनुसन्धान विभागका एक अधिकारीले नाम नखुलाउने सर्तमा भने, “भन्सार एजेन्ट र केही व्यापारीबीचको मिलेमतोमा लामो समयदेखि यस्तो गतिविधि हुँदै आएको देखिन्छ । अहिले तीमध्ये केहीलाई अनुसन्धानका लागि निगरानीमा राखिएको छ ।”

यस प्रकरणपछि भन्सार प्रणालीमा सुधार र निगरानी कडा पार्न सरोकारवालाहरूले माग गरेका छन् । स्थानीय व्यवसायी संघका प्रतिनिधिहरूले पनि निष्पक्ष छानबिन गरी दोषीमाथि कडा कारबाही हुनुपर्ने बताएका छन् ।

सशस्त्र प्रहरी र राजस्व अनुसन्धान विभागको संयुक्त टोलीले अहिले विराटनगर र इटहरी आसपासका गोदामहरूमा खोजतलासी बढाएको छ । प्रारम्भिक अनुसन्धान अनुसार यो जालोमा केही भन्सार कर्मचारी समेत संलग्न भएको आशंका गरिएको छ ।

 

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

हाम्राे बारे

…

हाम्राे टिम

प्रकाशक : उषा कुमारी /मधु कुमारी (रञ्जना)
सम्पादक : रनिधर कुमार यादव
सह-सम्पादक : स्वस्तिका चौधरी
सम्वाददाता : अर्जुन चौधरी
बजार प्रतिनिधिः पार्वती राजधामी
कानुनी सल्लाहकार : बसन्त सुवेदी, शुखदेव चौधरी
कम्प्युटर ले-आउट : मनिस चौधरी

सम्पर्क

प्रधान कार्यालय : इनरुवा नगरपालिका वडा नं २ सुनसरी
इमेलः
मोवाइल नम्बर : ९८१४३२३२६८ /९८०५३२४२४५/ ९७६९७१६८३२

© SmartCity DailyPvt. Ltd 2025 ।। Website Design By : IT Karkhana

No Result
View All Result
  • मुख्य समाचार
  • समाचार
  • राजनीति
  • अर्थ
  • खेलकुद

© SmartCity DailyPvt. Ltd 2025 ।। Website Design By : IT Karkhana