smartcitydaily@gmail.com
Smartcity Daily
e-paper
  • मुख्य समाचार
  • समाचार
  • राजनीति
  • अर्थ
  • खेलकुद
No Result
View All Result
  • मुख्य समाचार
  • समाचार
  • राजनीति
  • अर्थ
  • खेलकुद
No Result
View All Result
Smartcity Daily
No Result
View All Result

खेलकुद विकास बोर्डमा सदस्य सचिव नियुक्तिमा भइरहेको ढिलाइप्रति असन्तुष्टि जनाउँदै

by स्मार्ट सिटि दैनिक
६ महिना अगाडि
in समाचार
खेलकुद विकास बोर्डमा सदस्य सचिव नियुक्तिमा भइरहेको ढिलाइप्रति असन्तुष्टि जनाउँदै

विराटनगर ।
कोशी प्रदेशका खेलकुद अगुवाहरूले प्रदेश खेलकुद विकास बोर्डमा सदस्य सचिव नियुक्तिमा भइरहेको ढिलाइप्रति असन्तुष्टि जनाउँदै मुख्यमन्त्री हिक्मत कार्कीलाई ध्यानाकर्षण गराएका छन्। बुधबार खेलसँग सम्बन्धित १६ वटा संघका प्रतिनिधिहरूले प्रमुख सचिव चन्द्रकला पौडेललाई ज्ञापनपत्र बुझाएका हुन्। मुख्यमन्त्रीले समय दिएर पनि कार्यालयमा अनुपस्थित रहेकाले प्रमुख सचिवलाई ज्ञापनपत्र बुझाइएको हो।

नेपाल कराँते महासंघ कोशी प्रदेश महासचिव तथा मोरङ अध्यक्ष राम लिम्बुले योग्य व्यक्तिलाई बेवास्ता गरी राजनीतिक भागबण्डाका कारण नियुक्ति प्रक्रिया लम्बिएको आरोप लगाए। उनका अनुसार सदस्य सचिव नहुँदा दशौं राष्ट्रिय खेलकुदको तयारी प्रभावित भएको छ। उनले सरकारले गम्भीर भएर मापदण्डअनुसार छिटो निर्णय गर्नुपर्ने बताए।

ज्ञापनपत्रमा तीन पटकसम्म राष्ट्रिय खेलमा सहभागी, कोच वा रेफ्रीको लाइसेन्स प्राप्त र स्नातक उत्तीर्णलाई प्राथमिकता दिन माग गरिएको छ। साथै, दक्षिण एशियाली खेलकुदमा सहभागी (ओलम्पियन) खेलाडीलाई सदस्य सचिव बनाउने सिफारिस गरिएको छ। खेल अगुवाहरूले विगतमा राजनीतिक नियुक्तिका कारण खेलकुद विकास बोर्ड विवादमा परेको स्मरण गर्दै अब निष्पक्ष र व्यावसायिक व्यक्ति चयन गर्न आग्रह गरेका छन्।

उनीहरूले अघिल्ला सदस्य सचिवहरू हंशराज वाग्ले र पर्शुराम बस्नेतको कार्यकालमा बोर्ड भाँडिएको र खेलाडीहरूको मनोबल कमजोर भएको आरोप समेत लगाएका छन्। राष्ट्रपती खेलमा गोल्ड मेडल शून्यमा सीमित हुनु नै त्यसको उदाहरण भएको उनीहरूको भनाइ छ।

ज्ञापनपत्र बुझाउनेमध्ये राम लिम्बु, दिनेश कर्ण, आभास बुढाथोकी, बिस्कुलाल चौधरी, द्वारिका रेग्मी, चन्द्र पराजुली, धर्म न्यौपाने, रामे राजवंशी, गोपाल, किशोर शाही, अनुप खनाल, श्याम राई, इश्वर माझी, सलमान माझी, विवेक थापा र साहिल गिरी रहेका थिए।

खेलकुद अगुवाहरूले राजनीतिक भागबण्डाको अन्त्य गरी खेलकुद विकास बोर्डलाई खेल क्षेत्रको हितका लागि सक्षम र निष्पक्ष नेतृत्वद्वारा सशक्त बनाउन प्रदेश सरकारसँग आग्रह गरेका छन्।

 

 

 

 

 

 

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

हाम्राे बारे

…

हाम्राे टिम

प्रकाशक : उषा कुमारी /मधु कुमारी (रञ्जना)
सम्पादक : रनिधर कुमार यादव
सह-सम्पादक : स्वस्तिका चौधरी
सम्वाददाता : अर्जुन चौधरी
बजार प्रतिनिधिः पार्वती राजधामी
कानुनी सल्लाहकार : बसन्त सुवेदी, शुखदेव चौधरी
कम्प्युटर ले-आउट : मनिस चौधरी

सम्पर्क

प्रधान कार्यालय : इनरुवा नगरपालिका वडा नं २ सुनसरी
इमेलः
मोवाइल नम्बर : ९८१४३२३२६८ /९८०५३२४२४५/ ९७६९७१६८३२

© SmartCity DailyPvt. Ltd 2025 ।। Website Design By : IT Karkhana

No Result
View All Result
  • मुख्य समाचार
  • समाचार
  • राजनीति
  • अर्थ
  • खेलकुद

© SmartCity DailyPvt. Ltd 2025 ।। Website Design By : IT Karkhana