smartcitydaily@gmail.com
Smartcity Daily
e-paper
  • मुख्य समाचार
  • समाचार
  • राजनीति
  • अर्थ
  • खेलकुद
No Result
View All Result
  • मुख्य समाचार
  • समाचार
  • राजनीति
  • अर्थ
  • खेलकुद
No Result
View All Result
Smartcity Daily
No Result
View All Result

विराटनगरमा राजस्व छली प्रकरणमा अनुसन्धान तीव्र, कुन्दन मण्डलको घरमा छापा

by स्मार्ट सिटि दैनिक
६ महिना अगाडि
in समाचार
विराटनगरमा राजस्व छली प्रकरणमा अनुसन्धान तीव्र, कुन्दन मण्डलको घरमा छापा

विराटनगर । भन्सार राजस्व छलीको आरोपमा पक्राउ परेका विराटनगर–१७ का कुन्दन मण्डलमाथि राजस्व अनुसन्धान विभागले अनुसन्धानको दायरा विस्तार गरेको छ। बिहीबार राजस्व अनुसन्धानको टोलीले मण्डलको घरमा छापा मारी कागजात र सम्भावित प्रमाण संकलन गरेको हो।

मंगलबार विराटनगर भन्सार परिसरबाट भन्सार राजस्व छलीको आशंकामा एउटा ट्याक्टर नियन्त्रणमा लिएपछि मण्डल पक्राउ परेका थिए। हाल उनी इलाका प्रहरी कार्यालय रानीको हिरासतमा रहेका छन्। यसै क्रममा बुधबार विराटनगर–६ स्थित बुद्धपूजा ढुवानी सेवाबाट मण्डलसँग सम्बन्धित ३४ पोका कपडा बरामद गरिएको थियो।

राजस्व अनुसन्धानका अनुसार मण्डलले भन्सारको प्रज्ञापनपत्रमा उल्लेख नभएका अतिरिक्त सामान भित्र्याउने गरेको आशंका छ। सोही आधारमा बिहीबार उनको घरमा छापा मारिएको भए पनि तत्काल कुनै ठोस प्रमाण भेटिएन। तथापि, अनुसन्धान टोलीले केही कागजात र विवरण संकलन गरेको जनाइएको छ।

मण्डलले भन्सार क्लियरिङ एजेन्ट सौगात पोखरेलमार्फत सामान भित्र्याउने गरेको बताइएको छ। यस घटनामा एजेन्ट पोखरेलसहित भन्सारका केही कर्मचारी पनि संलग्न हुनसक्ने प्रारम्भिक अनुमान अनुसन्धानकर्ताहरूले गरेका छन्। राजस्व अनुसन्धान विभागले अब डिजिटल कारोबार, ढुवानी सेवा र भन्सार जाँचपास प्रक्रियासम्बन्धी थप विवरण संकलन गर्ने तयारी गरेको जनाएको छ।

 

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

हाम्राे बारे

…

हाम्राे टिम

प्रकाशक : उषा कुमारी /मधु कुमारी (रञ्जना)
सम्पादक : रनिधर कुमार यादव
सह-सम्पादक : स्वस्तिका चौधरी
सम्वाददाता : अर्जुन चौधरी
बजार प्रतिनिधिः पार्वती राजधामी
कानुनी सल्लाहकार : बसन्त सुवेदी, शुखदेव चौधरी
कम्प्युटर ले-आउट : मनिस चौधरी

सम्पर्क

प्रधान कार्यालय : इनरुवा नगरपालिका वडा नं २ सुनसरी
इमेलः
मोवाइल नम्बर : ९८१४३२३२६८ /९८०५३२४२४५/ ९७६९७१६८३२

© SmartCity DailyPvt. Ltd 2025 ।। Website Design By : IT Karkhana

No Result
View All Result
  • मुख्य समाचार
  • समाचार
  • राजनीति
  • अर्थ
  • खेलकुद

© SmartCity DailyPvt. Ltd 2025 ।। Website Design By : IT Karkhana