smartcitydaily@gmail.com
Smartcity Daily
e-paper
  • मुख्य समाचार
  • समाचार
  • राजनीति
  • अर्थ
  • खेलकुद
No Result
View All Result
  • मुख्य समाचार
  • समाचार
  • राजनीति
  • अर्थ
  • खेलकुद
No Result
View All Result
Smartcity Daily
No Result
View All Result

अररियामा मोदीको सभा : सीमा क्षेत्रमा नेपाल–भारत दुवैतर्फ कडाइ

by स्मार्ट सिटि दैनिक
६ महिना अगाडि
in समाचार
अररियामा मोदीको सभा : सीमा क्षेत्रमा नेपाल–भारत दुवैतर्फ कडाइ

विराटनगर । भारतको बिहारमा आगामी विधानसभा निर्वाचनलाई लक्षित गर्दै प्रधानमन्त्री नरेन्द्र मोदी अररिया आउने भएपछि मोरङ र सुनसरीका सीमा नाकामा सुरक्षा कडाइ गरिएको छ। भारतीय पक्षले बिहारका सीमावर्ती क्षेत्रमा आवतजावतमा निगरानी कडा पारेको छ भने नेपालतर्फ पनि सशस्त्र प्रहरीले चेकजाँच र सुरक्षामा सतर्कता बढाएको छ।

सशस्त्र प्रहरी बल सीमा सुरक्षा अन्तर्गत रानीका प्रहरी नायब उपरीक्षक विकास खतिवडाका अनुसार, भारतले आफ्ना सुरक्षालाई ध्यानमा राख्दै कडाइ गरेको हो। उनका अनुसार यसअघि पनि सामान्य निगरानी गरिएको भए पनि बिहीबार मोदीले अररियामा सम्बोधन गर्ने सभालाई मध्यनजर गर्दै अझ कडाइ गरिएको छ।

बिहारको आगामी निर्वाचन नोभेम्बर ११ तारिखमा हुने भएकाले भारतीय पक्षले नोभेम्बर ८ देखि सीमा सिल गर्ने तयारी गरेको छ। त्यसअनुसार मोरङ र सुनसरीका सीमामा नेपाली सुरक्षाकर्मीले समेत अतिरिक्त सतर्कता अपनाएका छन्।

बिहारका १८ जिल्लामा बिहीबार नै मतदान हुँदैछ भने अररिया सहितका जिल्लामा नोभेम्बर ११ तारिखमा मतदान हुनेछ। सुरक्षाकर्मीहरूले सीमामा आवतजावत गर्ने व्यक्तिहरूको विस्तृत विवरण लिँदै निगरानी कडाइ गरेका छन्।

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

हाम्राे बारे

…

हाम्राे टिम

प्रकाशक : उषा कुमारी /मधु कुमारी (रञ्जना)
सम्पादक : रनिधर कुमार यादव
सह-सम्पादक : स्वस्तिका चौधरी
सम्वाददाता : अर्जुन चौधरी
बजार प्रतिनिधिः पार्वती राजधामी
कानुनी सल्लाहकार : बसन्त सुवेदी, शुखदेव चौधरी
कम्प्युटर ले-आउट : मनिस चौधरी

सम्पर्क

प्रधान कार्यालय : इनरुवा नगरपालिका वडा नं २ सुनसरी
इमेलः
मोवाइल नम्बर : ९८१४३२३२६८ /९८०५३२४२४५/ ९७६९७१६८३२

© SmartCity DailyPvt. Ltd 2025 ।। Website Design By : IT Karkhana

No Result
View All Result
  • मुख्य समाचार
  • समाचार
  • राजनीति
  • अर्थ
  • खेलकुद

© SmartCity DailyPvt. Ltd 2025 ।। Website Design By : IT Karkhana