मोरङ — मोरङको सुन्दरहरैंचा नगरपालिका–१ र ग्रामथान गाउँपालिका–७ को सीमास्थित साधु टोल नजिकको खोलामा एक पुरुषको शव फेला परेको छ।
फेला परेका व्यक्तिको पहिचान धनपालथान गाउँपालिका–५ बबियाका ५७ वर्षीय दुर्गा प्रसाद खवासका रूपमा भएको प्रहरीले पुष्टि गरेको छ। उनी खोलामा डुबेको अवस्थामा मृत फेला परेका थिए।
घटनाबारे प्रारम्भिक जानकारीपछि प्रहरी टोलीले घटनास्थल पुगेर आवश्यक अनुसन्धान थालेको छ। मृतकको शव पोस्टमार्टमका लागि कोशी प्रदेशीय अस्पताल विराटनगर पठाइएको मोरङ प्रहरी कार्यालयले जनाएको छ।
प्रहरीका अनुसार घटनाको कारण खुल्न बाँकी रहेको र विस्तृत अनुसन्धान जारी छ।
