smartcitydaily@gmail.com
Smartcity Daily
e-paper
  • मुख्य समाचार
  • समाचार
  • राजनीति
  • अर्थ
  • खेलकुद
No Result
View All Result
  • मुख्य समाचार
  • समाचार
  • राजनीति
  • अर्थ
  • खेलकुद
No Result
View All Result
Smartcity Daily
No Result
View All Result

तरहरामा दिगो कृषि प्रणालीका लागि राष्ट्रिय युवा सम्मेलन मंसिर ५ देखि सुरु हुँदै

by स्मार्ट सिटि दैनिक
६ महिना अगाडि
in समाचार
तरहरामा दिगो कृषि प्रणालीका लागि राष्ट्रिय युवा सम्मेलन मंसिर ५ देखि सुरु हुँदै

तरहरा । दिगो कृषि प्रणाली र जलवायु सहनशीलता प्रवर्द्धन गर्ने उद्देश्यसहित ‘राष्ट्रिय युवा सम्मेलन–२०२५’ मंसिर ५ देखि ७ गतेसम्म तरहरामा आयोजना हुने भएको छ। उक्त सम्मेलन आइएएएस नेपालको आयोजना र तरहरा जेसीजको सहकार्यमा कृषि अनुसन्धान निर्देशनालय, तरहरामा सम्पन्न हुनेछ।

“जलवायु सहनशील र दिगो कृषि–खाद्य प्रणालीका लागि युवाः वकालत, नीति र नवप्रवर्तन” भन्ने मूल विषयका साथ आयोजना हुने सम्मेलनले कृषि तथा वातावरण क्षेत्रमा क्रियाशील युवा, अनुसन्धानकर्ता, नीति–निर्माता, विद्यार्थी र सरोकारवालाहरूलाई एउटै मञ्चमा ल्याउने लक्ष्य लिएको छ।

आयोजकका अनुसार यो सम्मेलन कोशी प्रदेशमा पहिलोपटक हुन लागेको राष्ट्रियस्तरको कार्यक्रम हो। कार्यक्रम आइएएएस नेपाल स्थानीय समिति ईआरसी, गौरादह र जीपीसीएआरको संयुक्त संयोजनमा हुने छ। सम्मेलनले पूर्वी नेपालमा कृषि शिक्षा, अनुसन्धान र नवप्रवर्तनमा युवाको योगदानलाई सुदृढ बनाउन महत्वपूर्ण भूमिका खेल्ने विश्वास आयोजकहरूले व्यक्त गरेका छन्।

तीन दिनसम्म चल्ने कार्यक्रममा राष्ट्रियस्तरका कृषि विज्ञ, जलवायु परिवर्तनका अभियन्ता, नीति–निर्माता, सरकारी तथा निजी क्षेत्रका प्रतिनिधि र सामुदायिक संस्थाहरूका सदस्यहरू सहभागी हुनेछन्। कार्यक्रममा समूह छलफल, विशेषज्ञ सत्र, क्षमता विकास कार्यशाला, परियोजना प्रदर्शन र दिगो कृषि अभ्यास सम्बन्धी क्षेत्र अवलोकनजस्ता विविध गतिविधिहरू समावेश हुनेछन्।

आयोजक समितिका प्रभाव कटवालका अनुसार सम्मेलनले युवाबीच सहकार्य सञ्जाल निर्माण गर्न, व्यावहारिक समाधान खोज्न र कृषि नीति निर्माणमा उनीहरूको आवाजलाई प्रभावकारी रूपमा स्थापित गर्न योगदान पुर्‍याउनेछ। उनका अनुसार यस कार्यक्रमबाट युवाले व्यावहारिक सीप, नीतिगत दृष्टिकोण र नवप्रवर्तनमा नयाँ दिशानिर्देश प्राप्त गर्ने अपेक्षा गरिएको छ।

 

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

हाम्राे बारे

…

हाम्राे टिम

प्रकाशक : उषा कुमारी /मधु कुमारी (रञ्जना)
सम्पादक : रनिधर कुमार यादव
सह-सम्पादक : स्वस्तिका चौधरी
सम्वाददाता : अर्जुन चौधरी
बजार प्रतिनिधिः पार्वती राजधामी
कानुनी सल्लाहकार : बसन्त सुवेदी, शुखदेव चौधरी
कम्प्युटर ले-आउट : मनिस चौधरी

सम्पर्क

प्रधान कार्यालय : इनरुवा नगरपालिका वडा नं २ सुनसरी
इमेलः
मोवाइल नम्बर : ९८१४३२३२६८ /९८०५३२४२४५/ ९७६९७१६८३२

© SmartCity DailyPvt. Ltd 2025 ।। Website Design By : IT Karkhana

No Result
View All Result
  • मुख्य समाचार
  • समाचार
  • राजनीति
  • अर्थ
  • खेलकुद

© SmartCity DailyPvt. Ltd 2025 ।। Website Design By : IT Karkhana