smartcitydaily@gmail.com
Smartcity Daily
e-paper
  • मुख्य समाचार
  • समाचार
  • राजनीति
  • अर्थ
  • खेलकुद
No Result
View All Result
  • मुख्य समाचार
  • समाचार
  • राजनीति
  • अर्थ
  • खेलकुद
No Result
View All Result
Smartcity Daily
No Result
View All Result

विराटनगरमा बहु–दीर्घकालीन रोग अध्ययन सुरु

by स्मार्ट सिटि दैनिक
६ महिना अगाडि
in समाचार
विराटनगरमा बहु–दीर्घकालीन रोग अध्ययन सुरु

विराटनगर । सेन्टर फर रिसर्च, पोलिसी एन्ड इम्प्लिमेन्टेसन प्रा.लि.को आयोजनामा र कोशी प्रदेश स्वास्थ्य मन्त्रालयको सहकार्यमा “टाइप–२ इम्प्लिमेन्टेसन ट्रायल” शीर्षकको बहु–दीर्घकालीन रोग अध्ययन सुरु गरिएको छ। औपचारिक शुभारम्भ सोमबार विराटनगरस्थित होटल इस्टर्न स्टारमा सम्पन्न भयो।

कार्यक्रमका प्रमुख अतिथि कोशी प्रदेशका स्वास्थ्य मन्त्रालयका सचिव यदुचन्द्र घिमिरे थिए। कार्यक्रममा संघ, प्रदेश र स्थानीय तहका नीति निर्माता, चिकित्सक, अनुसन्धानकर्ता तथा जनस्वास्थ्य विज्ञहरूको उल्लेखनीय उपस्थिति थियो।

उक्त अध्ययन मोरङ र सुनसरी जिल्लामा सञ्चालन हुनेछ। परियोजनाको नेतृत्व अस्ट्रेलियन नेशनल युनिभर्सिटी (ANU) ले गर्नेछ भने NHMRC (National Health and Medical Research Council) र GACD (Global Alliance for Chronic Diseases) बाट सहयोग प्राप्त हुनेछ। अध्ययनको नेतृत्व अस्ट्रेलियामा कार्यरत विराटनगरका प्रोफेसर डा. उदय नारायण यादवले गर्नेछन्।

प्रा. डा. यादव र प्रा. डा. हरि बोन्धु शर्माले अध्ययनको उद्देश्य, पृष्ठभूमि र कार्यविधिबारे प्राविधिक प्रस्तुति दिए। उनीहरूले मधुमेह, उच्च रक्तचाप, हृदय, मृगौला र फोक्सोसम्बन्धी रोगहरूको बढ्दो चुनौतीका बीच यो अध्ययन दीर्घकालीन समाधान खोज्ने प्रयास भएको बताए।

कार्यक्रमका वक्ता पूर्व स्वास्थ्य सचिव डा. रोशन पोखरेलले अनुसन्धानले नेपालको स्वास्थ्य नीति र प्रणाली सुधारमा वैज्ञानिक आधार प्रदान गर्ने विश्वास व्यक्त गरे। उनका अनुसार, “नेपालमा बहु–दीर्घकालीन रोगहरू तीव्र गतिमा बढ्दैछन्, यस्ता अध्ययनले स्वास्थ्य नीति निर्माणमा ठोस मार्गनिर्देशन दिनेछन्।”

कार्यक्रममा बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका प्राध्यापक, प्रदेश तथा स्थानीय तहका स्वास्थ्य प्रमुख, अस्पताल प्रतिनिधि र जनस्वास्थ्य विज्ञहरूको समेत सहभागिता थियो। सहभागीहरूले अध्ययनका निष्कर्षहरू नीति निर्माणमा लागू गर्नुपर्नेमा जोड दिए।

समापन सत्रमा संस्थाका अध्यक्ष बी.एन. चौधरीले अनुसन्धान र नीति कार्यान्वयनमार्फत स्वस्थ र सशक्त समाज निर्माण गर्ने प्रतिबद्धता व्यक्त गर्दै धन्यवाद ज्ञापन गरे। सचिव घिमिरेले शुभकामना व्यक्त गर्दै भने, “यो अध्ययनले कोशी प्रदेशमा बहु–दीर्घकालीन रोग व्यवस्थापनमा नयाँ दृष्टिकोण र व्यवहारिक सुधार ल्याउनेछ।”

 

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

हाम्राे बारे

…

हाम्राे टिम

प्रकाशक : उषा कुमारी /मधु कुमारी (रञ्जना)
सम्पादक : रनिधर कुमार यादव
सह-सम्पादक : स्वस्तिका चौधरी
सम्वाददाता : अर्जुन चौधरी
बजार प्रतिनिधिः पार्वती राजधामी
कानुनी सल्लाहकार : बसन्त सुवेदी, शुखदेव चौधरी
कम्प्युटर ले-आउट : मनिस चौधरी

सम्पर्क

प्रधान कार्यालय : इनरुवा नगरपालिका वडा नं २ सुनसरी
इमेलः
मोवाइल नम्बर : ९८१४३२३२६८ /९८०५३२४२४५/ ९७६९७१६८३२

© SmartCity DailyPvt. Ltd 2025 ।। Website Design By : IT Karkhana

No Result
View All Result
  • मुख्य समाचार
  • समाचार
  • राजनीति
  • अर्थ
  • खेलकुद

© SmartCity DailyPvt. Ltd 2025 ।। Website Design By : IT Karkhana