smartcitydaily@gmail.com
Smartcity Daily
e-paper
  • मुख्य समाचार
  • समाचार
  • राजनीति
  • अर्थ
  • खेलकुद
No Result
View All Result
  • मुख्य समाचार
  • समाचार
  • राजनीति
  • अर्थ
  • खेलकुद
No Result
View All Result
Smartcity Daily
No Result
View All Result

झुम्का बजार अव्यवस्थाप्रति सरोकारवालाको गुनासो, सुधारका लागि समिति गठन

by स्मार्ट सिटि दैनिक
६ महिना अगाडि
in समाचार
झुम्का बजार अव्यवस्थाप्रति सरोकारवालाको गुनासो, सुधारका लागि समिति गठन

रामधुनी- रामधुनी नगरपालिकाको मुख्य व्यावसायिक केन्द्रका रूपमा रहेको झुम्का बजार अझै पनि अव्यवस्थित रहेको भन्दै सरोकारवालाहरूले असन्तोष व्यक्त गरेका छन्। सोमबार नगरपालिकाले आयोजना गरेको बजार व्यवस्थापनसम्बन्धी छलफलमा सहभागीहरूले नगरपालिकाको बेवास्ताका कारण बजारमा ट्राफिक अव्यवस्था, सडकमा हिलो, नाला बन्द, फुटपाथ पसलको अतिक्रमण र सवारी पार्किङको अव्यवस्थित अवस्थाबारे गुनासो गरेका थिए।

सहभागीहरूका अनुसार झुम्का बजार अन्तर्गत साप्ताहिक हाटबजार, बसस्ट्यान्ड, सिटी सफारी पार्किङ, फलफूल पसल, र कृषि बजारसम्बन्धी अव्यवस्था पुरानै समस्याको रूपमा दोहोरिँदै आएको छ। कृषि प्रयोजनका लागि बनाइएका टहरा उपयोगविहीन भएको र भाडामा चलखेल भइरहेको आरोपसमेत लगाइएको छ।

छलफलमा नगर प्रमुख शंकरलाल चौधरीले बजारका समस्या तत्काल समाधानका लागि सूचना जारी गरी कार्यान्वयन अघि बढाउने प्रतिबद्धता जनाए। उपमेयर तारा थापाले सहभागीहरूबाट आएका सुझावलाई प्राथमिकता दिने बताइन्।
त्यसैगरी, प्रमुख प्रशासकीय अधिकृत तेजनारायण यादवले छोटो समयमै प्राथमिक समस्या समाधान गर्ने र दीर्घकालीन सुधारका लागि बजेट विनियोजन गर्ने योजना सार्वजनिक गरे।

बजार व्यवस्थापनका समस्याको समाधानका लागि ५ नं. वडाध्यक्ष भोला वास्तोलाको संयोजकत्वमा ११ सदस्यीय समिति गठन गरिएको छ, जसले समस्या पहिचान र सुझाबका आधारमा कार्ययोजना तयार गर्नेछ।
रामधुनी नगरपालिकाले झुम्का बजारमा फुटपाथ पसल, सडक अवरोध, र अनधिकृत पार्किङ नगर्न सार्वजनिक सूचना जारी गर्दै उल्लंघन गर्नेहरूलाई कारबाही हुने चेतावनीसमेत दिएको छ।

सहभागीहरूले नगरपालिकाले पटक–पटक सूचना जारी गरे पनि प्रभावकारी अनुगमन र निरन्तरता नहुँदा समस्या दोहोरिएको बताएका छन्। उनीहरूका अनुसार, नियमित अनुगमन र कार्यान्वयन भए झुम्का बजार व्यवस्थित र आकर्षक व्यापारिक केन्द्रका रूपमा स्थापित हुन सक्छ।

 

 

 

 

 

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

हाम्राे बारे

…

हाम्राे टिम

प्रकाशक : उषा कुमारी /मधु कुमारी (रञ्जना)
सम्पादक : रनिधर कुमार यादव
सह-सम्पादक : स्वस्तिका चौधरी
सम्वाददाता : अर्जुन चौधरी
बजार प्रतिनिधिः पार्वती राजधामी
कानुनी सल्लाहकार : बसन्त सुवेदी, शुखदेव चौधरी
कम्प्युटर ले-आउट : मनिस चौधरी

सम्पर्क

प्रधान कार्यालय : इनरुवा नगरपालिका वडा नं २ सुनसरी
इमेलः
मोवाइल नम्बर : ९८१४३२३२६८ /९८०५३२४२४५/ ९७६९७१६८३२

© SmartCity DailyPvt. Ltd 2025 ।। Website Design By : IT Karkhana

No Result
View All Result
  • मुख्य समाचार
  • समाचार
  • राजनीति
  • अर्थ
  • खेलकुद

© SmartCity DailyPvt. Ltd 2025 ।। Website Design By : IT Karkhana