smartcitydaily@gmail.com
Smartcity Daily
e-paper
  • मुख्य समाचार
  • समाचार
  • राजनीति
  • अर्थ
  • खेलकुद
No Result
View All Result
  • मुख्य समाचार
  • समाचार
  • राजनीति
  • अर्थ
  • खेलकुद
No Result
View All Result
Smartcity Daily
No Result
View All Result

भारतमा निपाह भाइरसको जोखिमबारे डब्लुएचओको चेतावनी, नेपालका लागि क्षेत्रीय जोखिम हाल न्यून

by स्मार्ट सिटि दैनिक
२ महिना अगाडि
in समाचार
भारतमा निपाह भाइरसको जोखिमबारे डब्लुएचओको चेतावनी, नेपालका लागि क्षेत्रीय जोखिम हाल न्यून

 

सुनसरी— विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) ले भारतमा देखिएको निपाह भाइरसको संक्रमण र त्यसबाट उत्पन्न हुनसक्ने जोखिमबारे नयाँ विश्लेषण सार्वजनिक गरेको छ। जनावरबाट मानिसमा सर्ने यो दुर्लभ तर अत्यन्तै खतरनाक भाइरसका कारण संक्रमितमध्ये ४० देखि ७५ प्रतिशतसम्मको मृत्यु हुन सक्ने डब्लुएचओको आँकलन छ। हालसम्म यसविरुद्ध कुनै आधिकारिक खोप वा निश्चित उपचार उपलब्ध छैन।

मुख्य रूपमा फलफूल खाने चमेरा (फ्रुट ब्याट) बाट सर्ने निपाह भाइरस भारतका विभिन्न राज्यहरूमा मौसमी रूपमा देखा पर्दै आएको छ। पछिल्लो पटक पश्चिम बंगालमा तेस्रोपटक संक्रमण पुष्टि भएको छ भने सन् २०१८ यता केरला राज्यमा पटक–पटक यसको प्रकोप देखिँदै आएको छ।

डब्लुएचओका अनुसार भारतमा डिसेम्बरदेखि मे महिनासम्म निपाह भाइरसको जोखिम उच्च रहने गर्दछ। विशेषगरी काँचो खजुरको रस सेवन गर्ने समुदाय र चमेराको गतिविधि बढी हुने क्षेत्रमा संक्रमण फैलिने सम्भावना बढी देखिएको छ। प्रारम्भिक लक्षणहरू सामान्य ज्वरो, टाउको दुखाइ र थकानजस्ता हुने भएकाले समयमै रोग पहिचान गर्न कठिन हुने र विशिष्ट औषधि नहुनुले जोखिम थप चुनौतीपूर्ण बनेको छ।

भारतमा संक्रमण देखिए पनि नेपालसहितका छिमेकी मुलुकहरूका लागि भने हाल क्षेत्रीय जोखिम न्यून रहेको डब्लुएचओले जनाएको छ। अहिलेसम्म निपाह भाइरस सीमा पार गरी अन्य देशमा फैलिएको आधिकारिक तथ्य फेला परेको छैन। यद्यपि, चमेराहरूको ओहोरदोहोर हुने साझा प्राकृतिक करिडोर र विगतको संक्रमणको इतिहासका कारण जोखिम पूर्ण रूपमा टरेको भने मान्न नसकिने उल्लेख गरिएको छ।

निपाह भाइरस मानिसबाट मानिसमा पनि सर्न सक्ने भएकाले अस्पताल वा घरमै संक्रमितको हेरचाह गर्दा उच्च सतर्कता आवश्यक देखिन्छ। संक्रमित व्यक्तिको शारीरिक तरल पदार्थको सम्पर्कबाट समेत संक्रमण फैलिन सक्ने जोखिम रहन्छ।

हालसम्म संक्रमण भारतमै सीमित रहेकाले विश्वव्यापी रूपमा यसको जोखिम न्यून रहेको मूल्याङ्कन गरिएको छ। भारतले केन्द्रीय तथा राज्यस्तरका द्रुत प्रतिकार्य टोली (आरआरटी) परिचालन गर्दै परीक्षण, निगरानी र संक्रमण नियन्त्रण प्रणाली सुदृढ बनाएकाले क्षेत्रीय स्तरमा ठूलो खतरा नदेखिएको डब्लुएचओको ठहर छ।

तर प्रारम्भिक निदानमा हुने ढिलाइले प्रकोप नियन्त्रणमा बाधा पुर्‍याउन सक्ने भन्दै स्वास्थ्य संस्थाहरूमा संक्रमण रोकथाम तथा नियन्त्रणका उपायहरू कडाइका साथ लागू गर्न डब्लुएचओले सुझाव दिएको छ।

 

Tags: चेतावनीनिपाहभारतमा

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

हाम्राे बारे

…

हाम्राे टिम

प्रकाशक : उषा कुमारी /मधु कुमारी (रञ्जना)
सम्पादक : रनिधर कुमार यादव
सह-सम्पादक : स्वस्तिका चौधरी
सम्वाददाता : अर्जुन चौधरी
बजार प्रतिनिधिः पार्वती राजधामी
कानुनी सल्लाहकार : बसन्त सुवेदी, शुखदेव चौधरी
कम्प्युटर ले-आउट : मनिस चौधरी

सम्पर्क

प्रधान कार्यालय : इनरुवा नगरपालिका वडा नं २ सुनसरी
इमेलः
मोवाइल नम्बर : ९८१४३२३२६८ /९८०५३२४२४५/ ९७६९७१६८३२

© SmartCity DailyPvt. Ltd 2025 ।। Website Design By : IT Karkhana

No Result
View All Result
  • मुख्य समाचार
  • समाचार
  • राजनीति
  • अर्थ
  • खेलकुद

© SmartCity DailyPvt. Ltd 2025 ।। Website Design By : IT Karkhana